Tuesday, April 21सत्यम खबर
Shadow

वार्डको विकासको लागि निकासा भएको बजेट फ्रिज गराउने यी जनप्रतिनिधिहरु

– रमेश चन्द कुमाल
नेपालगन्ज, २५ श्रावण – विभिन्न वार्डहरुमा निकासा भएको बजेट फ्रिज गराउने २३ वटै वार्डका वडाध्यक्षहरुको असक्षमता अयोग्यता अहिले सार्वजनिक भएको छ ।
यी वार्ड मध्येका वडाध्यक्षहरु हुन् वडा नं. ७ का वडाध्यक्ष जुम्मन खाँ, वडा नं. १५ का वडाध्यक्ष बल्लन कबडिया, वडा नं. ६ का वडाध्यक्ष समिरप्रताप सिंह लगायतका जनप्रतिनिधिहरु । उनी वडाध्यक्षहरु आफ्नो वडामा आएको बजेट विभिन्न विकास निर्माण कार्यमा खर्च गर्न नसक्दा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका छन् ।
वडा नं. ७ मा विभिन्न निर्माण विकास कार्यमा खर्च गर्न आएको रकम ३,५१६,६७३.५६ खर्च नहुँदा सो रकम फिर्ता भएको छ ।
त्यसै प्रकारले वडा नं. १४ का वडाध्यक्ष ओमकारनाथ मिश्रको वार्डबाट निकासा भएको रकम मध्येबाट ९५६०९१.२५ रु. खर्च नभई फिर्ता भएको छ ।


सोही प्रकारले वडा नं. ६ का वडाध्यक्ष समिरप्रताप सिंहको वडाबाट ३०२७५०५.४२ रकम फिर्ता गएको देखिन्छ । त्यसै प्रकारले वडा नं. ११ का वडाध्यक्ष उज्जवल सिंह राठौरको वार्डबाट २१०९३४५.७५, वडा २३ का वडाध्यक्ष मोहम्मद हुसैन शेषको वार्डबाट १७९९७४६.६६, वडा २१ का वडाध्यक्ष रन्जित खाँको वार्डबाट १७५४४०७.७५, वडा २ का वडाध्यक्ष सुनील सिंह हमालको वार्डबाट १४६७९५०.४५, वडा १३ का वडाध्यक्ष वीरेन्द्र शाहको वार्डबाट १४०२३५९.२५, वडा २२ का वडाध्यक्ष विद्याराम वर्माको वार्डबाट १३५१११५, वडा १६ का वडाध्यक्ष हनिफ जोलाहको वार्डबाट ११२९५८४.७५, वडा १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीको वडाबाट १११९६७४, वडा १९ का वडाध्यक्ष परसुराम कुर्मीको वार्डबाट ९९५३५७.२६, वडा नं. ५ का वडाध्यक्ष कैफुलवरा जोलाहको वार्डबाट ९५९१०२.२५, वडा १५ का वडाध्यक्ष बल्लन कबडियाको वार्डबाट ३२०५५५१, वडा नं. ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ताको वार्डबाट ८९२०८३, वडा नं. १० का वडाध्यक्ष बिन्दुबहादुर बस्नेतको वार्डबाट ८१५७७६.५०, वडा नं. ३ का वडाध्यक्ष अयुब सिद्दीकीको वार्डबाट ६८६६४४८.२५, वडा २० का वडाध्यक्ष कृष्ण कार्कीको वार्डबाट ६७०३२९.२५, वडा नं. ४ का वडाध्यक्ष शफीक बेहनाको वार्डबाट २७१४१३.३२, वडा नं. १८ का वडाध्यक्ष दिपक कुमार वर्माको वार्डबाट २१३८६८.२५ र वडा १७ का वडाध्यक्ष अजय कुमार पाठकको वार्डबाट १८७६६३.५० रकम फिर्ता गएको देखिन्छ । यस्तै वडा नं. ९ का वडाध्यक्ष विष्णु बहादुर लामा (हाल का.वा. वडाध्यक्षबाट संचालित)को वडाबाट १४२८२४२.२० रकम फिर्ता गएको छ ।
गत आव २०७६÷०७७ मा २३ वटै वडामा विभिन्न निर्माण विकास कार्यको लागि ६१४४७७०९.११ रकम निकासा गरिएको थियो यस आवमा वार्ड नं. ११ का वडाध्यक्ष उज्जवल सिंह राठौर प्रथम असक्षम अयोग्य वडाध्यक्ष साबित भएका थिए । सो आवमा सो वडाबाट ३५९०६४ रकम फिर्ता भएको थियो ।
यस आवमा दोस्रो असक्षम अयोग्य वडाध्यक्ष साबित वडा नं. ५ का वडाध्यक्ष कैफुलवरा जोलाह साबित भएका थिए ।
यस आ.व.मा सो वडाबाट २४२६१२०० रु. फिर्ता गएको थियो । सोही प्रकारले वडा नं. २३ का वडाध्यक्ष मो. हुसैन शेषको वडाबाट २२२६६२६ रु. फिर्ता हुँदा यो वार्डका वडाध्यक्ष तृतीय असक्षम अयोग्य साबित भएका थिए ।
२३ वटै वार्डको विकासको लागि आ.व. २०७७÷०७८ मा पर्याप्त रकम निकास भएको थियो यस समय विशेषकर ७ नं. वडा, १५ नं. वडा र ६ नं. वडाका वडाध्यक्षले निर्माण विकास खर्चमा रकम खर्च गर्ने योजना ल्याउन नसक्दा सो रकम फ्रिज भई फिर्ता भएको हो । यस कारण अब सम्बन्धित वडाका वडावासीहरुले उनी जनप्रतिनिधिले आगामी स्थानीय निकायको निर्वाचनमा पुनः उम्मेदवार भइ भोट माग्न आउँदा उनीसँग यो रकम निर्माण विकास कार्यमा किन खर्च गर्न सकिएन ? यसबारे सोधपुछ गर्नु अहिले जरुरी भएको छ ।
७ नं. वडा अहिले एकदमै असक्षम अयोग्य साबित भएको देखिन्छ । यी वडामा महेन्द्र माविदेखि गगनगञ्ज मोडसम्म पक्कीबाटो निर्माण भई सकेको छ यो पक्की बाटो वडा समितिबाट निर्माण भएको होइन अहिले यस पक्की बाटोको दायाँ बायाँ दुवैतर्फ खुल्ला नाला छ खुल्ला नालाको कारण यहाँ रोजिन्दा दुर्घटना हुने गरेको छ । खुल्ला नालाको कारण गन्दगी बढेको
छ । यस नालामा ढक्कन लगाउनु आवश्यक थियो तर नालामाथि ढक्कन लगाउने वडाध्यक्षका ेसोच नबनेकोले रोजिन्दा दुर्घटना घट्ने गरेको छ ।


३५१६६७३.५६ रकमबाट यस नालामाथि ढक्कन लगाउने कार्य हुन्थ्यो भने वडावासीहरुलाई ठूलो राहत मिल्थ्यो तर वडाध्यक्षले यो काम गर्न सकेनन् । यसरी अरु वार्डको दाँजोमा ७ नं. वडा विकास निर्माण कार्यमा धेरै नै पछाडि रहेको देखिन्छ । वार्ड अध्यक्षहरुले निकासा भएको रकम किन खर्च गर्न सकि रहेका छैनन् यसबारेमा बुझ्ने प्रयास गरियो भने पाइन्छ कि उनी वार्डवासीहरुलाई ललाई फकाई भोट प्राप्त गरी निर्वाचनमा विजयी भई वार्ड अध्यक्ष त बने तर उनी मध्ये केहीहरुमा अनुभवको ठूलो कमी भएकोले उनीहरु आ–आफ्नो वार्डको विकास चाहेर पनि गर्न सकेनन् ।
केही वार्ड अध्यक्षमा अनुभवको कमी छ भने केही वार्ड अध्यक्ष यस्ता पनि छन् जुनकि निरक्षर छन् । उनी आज पनि औंठाको ल्याप्चे लगाई कुनै प्रकार कार्य गर्छन् । निरक्षर भएकाले उनी काम गर्न असक्षम छन् । उनीको निरक्षरताको आलोचना वडामा हुन थालेपछि कुनै प्रकार तोक लगाउन सक्ने हस्ताक्षर गर्ने भएका छन् । यस्ता वडाको वडा समिति सचिवको भरमा चल्ने गरेको छ । यस कारण आगामी समय हुने स्थानीय निर्वाचनमा सम्बन्धितहरुले वडाध्यक्ष, वडा सदस्य लगायतको शैक्षिक योग्यता निर्धारण गर्नुपर्ने आवश्यक रहेको देखिन्छ । वार्ड अध्यक्ष पदमा एक पटक निर्वाचित भए अनियमिततापूर्ण कार्य गरी लाखौं–लाख रकम कमाउन सकिन्छ यस्तो प्रकारको सोच राखी अधिकांश वार्डका निरक्षर व्यक्ति अहिले देखिनै वडाध्यक्ष पदको लागि पुनः उम्मेदवार बन्ने तयारीमा लागेको देखिन्छन् ।
यिनी निरक्षर व्यक्तिबाट वार्डको विकास कहिल्यै पनि हुन सक्दैन व्यक्तिहरु आफ्नो बच्चालाई डाक्टर, इन्जिनियर बनाउन राम्रो उत्कृष्ट प्रकारको शिक्षा दिन ठूलो रकम शिक्षामा खर्च गर्छन् तर नेता बन्न कुनै प्रकारको रकम खर्च हुँदैन यस कारण धेरैजसोहरु जनप्रतिनिधि बन्न सपना बुनेका हुन्छन् । उनीहरु शिक्षा आर्जन गर्न ध्यान दिँदैनन् । एक पटक वार्ड अध्यक्ष जस्तो पदमा पुगी हाल्छन् भने लाखौं लाख रकम कमाई गरी धनाढ्य बन्छन् । अहिले त्यस्तै नै देखिएको छ । केही वडाध्यक्षहरु वडाध्यक्ष पदमा निर्वाचित भएपछि उनीको घर एयरकण्डिशन बनेको छ सबै सुख सुविधा उनीको घरमा पुगेको छ ।
आगामी समय हुने स्थानीय निर्वाचनमा वार्ड अध्यक्ष लगायत पदमा प्रतिस्पर्धा गर्न अधिकांश निरक्षर व्यक्ति लागी परेका छन् । यस्ता निरक्षर व्यक्ति वार्ड अध्यक्ष लगायत पदमा जसरी आज वार्डहरुको विकास हुन सकी रहेको छैन यसै प्रकारले काम हुँदै रह्यो भने शैक्षिक योग्यता निर्धारण गरिएन भने धेरैजसो निरक्षर व्यक्ति वार्ड अध्यक्ष लगायत पदमा निर्वाचित हुने छन् । यसरी वार्डको विकास हुनै सक्दैन ।
वार्ड अध्यक्षको असक्षमता अयोग्यता बढ्दै गएकाले अब नेपालगञ्ज उमनपाको २३ वटै वार्डबाट वार्ड अध्यक्ष, वार्ड सदस्यको लागि शैक्षिक योग्यता निर्धारण हुनुपर्ने माग बढ्दै गएको छ । तर प्रदेश नं. ५ को सरकार यसबारे मौन भई बसेकोले निरक्षर जनप्रतिनिधिको संख्या बढ्दै गएको छ । जनप्रतिनिधि बन्न शैक्षिक योग्यता निर्धारण किन भई रहेको छैन यस बारेमा बुझ्न खोज्दा पाइन्छ कि विभिन्न राजनीतिक दलमा भारी संख्यामा कार्यकर्ताहरु छन् उनी कार्यकर्ता मध्ये जो पढे लेखेका छन् विभिन्न राम्रोखाले रोजगारीमा लागेका छन् उनीहरु पार्टीको कार्यको लागि त्यत्ति सक्रिय छैनन् सक्रिय रहनेहरुमा अधिकांश निरक्षर कार्यकर्ताहरु छन् जुनकि अहोरात्री सम्म खटी पार्टीको लागि कार्य गर्छन् ।
यस्तो निरक्षर आफ्ना कार्यकर्तालाई रोजगारी दिन निर्वाचनमा उम्मेदवार बन्ने मौका विभिन्न राजनीतिक दलहरुले दिन्छन् यस प्रकारले सम्बन्धित पार्टीहरुबाट शिक्षित कार्यकर्ता पलायन गर्छन् तर निरक्षर कार्यकर्ता स्थापित हुने गरेका छन् । यस कारणले पनि विशेषकर स्थानीय निर्वाचनमा बढीचढी ढंगले निरक्षर नेता, कार्यकर्ता भाग लिन्छन् र अन्ततः विजयी पनि बन्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *