
नेपालगन्ज, २४ श्रावण – जनता समाजवादी पार्टी जानकी गाउँपालिका वडा न. २ को भेलाले आज आईतबार विभिन्न समितिहरु गठन गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा)का जानकी गाउँपालिका अध्यक्ष धर्मराज बर्माको अध्यक्षतामा भएको भेलामा घनश्याम बढहीको अध्यक्षतामा २१ सदस्यीय वार्ड समिति, रामदुलारी गुप्ताको अध्यक्षतामा २१ सदस्यीय समाजवादी महिला संघ, कमल सिंह सरदारको अध्यक्षतामा २१ सदस्यीय समाजवादी युवा संघ गठन गरिएको जनाईएको छ ।
सो क्रममा जसपाका संघिय परिषद सदस्य बिजय पाठक, लुम्बिनी प्रदेश सचिव केशव नेपाली, जिल्ला सदस्य त्रिवेणीप्रसाद बर्मा, क्षेत्र न. ३ का अध्यक्ष राजीव बर्मा लगायतको उपस्थिती रहेको थियो ।

