
नेपालगन्ज, २ श्रावण – “दान मध्येको महादान, रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ नेपालगन्ज जुता चप्पल व्यवसायी संघद्वारा गरिएको रक्तदान कार्यक्रममा महिला पुरुष गरी ६७ जनाले श्रावण २ गते शनिवार उत्साहपूर्वक रक्तदान गरेका छन् ।
नेपालगन्ज जुता चप्पल व्यवसायी संघका उपाध्यक्ष माधवप्रसाद पोख्रेलका अनुसार नेपालगन्जको सुर्खेतरोड स्वास्तिक कटेज नेपालगन्जमा श्रावण २ गते शनिवार रक्तदान कार्यक्रम नेपालगन्ज जुता चप्पल व्यवसायी संघका अध्यक्ष कमलप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रमका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रमुख अतिथि अव्दुलवाहिद मन्सुरी, अतिथि लगायतले रगत संकल गर्ने पाकेट प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिकलाई हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
नेपालगन्ज जुता चप्पल व्यवसायी संघका महासचिव कुलराज सञ्जनद्वारा सञ्चालित कार्यक्रममा, अतिथिहरुमा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जिवी ओली, नविल बैंक नेपालगन्ज शाखाका प्रबन्धक ओमकार काफ्ले, सहायक प्रबन्धक कृष्ण पुरासाई, खुद्रा व्यवसायी संघका अध्यक्ष शिव दाहाल, रेडिमेड व्यवसायी संघका सचिव सन्तोष पौडेल, संघका कार्यसमितिका पदाधिकारी, अन्य व्यवसायीहरुको पनि रक्तदान कार्यक्रम उपस्थिति रहेको थियो ।
यसरी सो कार्यक्रममा नेपालगन्ज जुता चप्पल व्यवसायी संघका अध्यक्ष कमल प्रसाद पौडेल, दिपेश श्रेष्ठ, रामप्रसाद ढकाल, डम्बरबहादुर धामी, सुमन अग्रवाल, कृष्ण पुडासैनी, नेत्रप्रसाद भट्टराई, बिष्णुप्रसाद श्रेष्ठ, राजकुमार श्रेष्ठ, सुमन रेग्मी, तिलक पौडेल, मनराज जोशी, राजकुमार शाही, ननदराम जैसी, रज्जक अली, कविराम जैसी, रघुनाथ श्रेष्ठ, मच्छिन्द्र पौडेल, रबिन्द्र श्यानटन, रेजिना डोग, रामप्रसाद रिजाल, बिद्याकुमारी डाँगी, हजरत खान, इश्वर आचार्य, सन्दिप बर्नवाल, बिनोद खनाल, रबिन खत्री, बासु पौडेल, निरज पौडेल, अभिनाष बिश्वकर्मा, रबिन पौडेल, बाजुराम थारु, रमितबहादुर बुढा, देभेन्द्र धामी, रमन्त राना, सुमनबहादुर कठायत, अजय गुप्ता, धमेन्द्र बोहरा, सुशील आचार्य, किरन आचार्य, प्रशान्त पौडेल, अकबाल हुसेन मियाँ, सन्तोष कडेल, बिशाल परियार, कुलराज सनज्याल, झपतबहादुर धामी, दिनेश छत्याल, दामोदर शर्मा, इरफान अली, रफीक अहमद, सुनिल जैसी, प्रमोद शर्मा, शिवराम थापा, सन्दिप लामिछाने, सन्तोष गुरुङ्ग, सञ्जिव बनिया, प्रतिक पौडेल, अनुज चौधरी, सीता रानाभाट, दिपक रानाभाट, रामऔतार शर्मा, सबिन पौडेल, नेत्रबहादुर बन्जारा, निशा शाही र कृष्णबहादुर केसी लगायत महिला पुरुष ६७ जनाले रक्तदान गरेका छन् ।
सो कार्यक्रममा बडा हौसलाका साथ रक्तदान गर्न विभिन्न स्थानबाट आएका थिए तर विभिन्न कारणले गर्दा रक्तदान गर्न बञ्चित भएपछि रक्तदाताहरु निराश भएका थिए ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित भेरी अस्पताल नेपालगन्जको प्राङ्गणमा रहेको प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सुनिल थापामगर, एलिजा चौधरी, हिमाँशु मौर्या, बीरेन्द्र योगी, केशर सिंह डाँगीले प्राविधिकमा सहयोग गर्नु भएको थियो ।
रक्तदाताहरुको हौसला बढाउनका लागी आयोजकले प्रमाण–पत्र पनि प्रदान गरेको थियो । अहिलेको अवस्थामा प्रत्येक दिन बिरामीलाई २० देखि ३० पाकेटसम्म रगतको माँग भईरहेको छ । त्यसैले गर्दा बाँके जिल्लाका विभिन्न संघ संस्थाहरुसंग रक्तदान गर्न हामीले अनुरोध गरेका छौं प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनु भएको छ ।




