Friday, November 22सत्यम खबर
Shadow

सूर्यलाल यादव जसपा बाँके क्षेत्र न.२ को क्षेत्रीय अध्यक्षमा चयन

नेपालगन्ज, २३ अषाढ – बिगत २ दशकदेखि बाँके जिल्लामा रहेर सामाजिक कार्यमा सक्रिय युवा तथा पत्रकारिताको माध्यमबाट भ्रष्टाचारको बिरुद्ध आवाज उठाउँदै आएका डुडुवा गाउँपालिका वडा नं.५ निवासी युवा नेता सूर्यलाल यादव जनता समाजवादी पार्टी बाँके क्षेत्र न.२ को क्षेत्रीय अध्यक्ष पदमा बुधबार चयन भएका छन् ।
जनता समाजवादी पार्टी नेपाल बाँकेका जिल्ला अध्यक्ष कमरुद्दीन राईले दोसल्ला ओढाई हार्दिक बधाई दिनुको साथै आगामी कार्यकालको शुभकामना समेत ब्यक्त गर्नुभयो ।


सो कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अजयकुमार श्रीवास्तव, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादव, संघीय परिषद सदस्य बिजय पाठक, बाँके जिल्ला अध्यक्ष कमरुद्दीन राई, उपाध्यक्ष राजन राना मगर, नेपालगन्ज नगर अध्यक्ष श्रवणकुमार यादवको उपस्थितिमा जिम्मेवारी दिइएको जनता समाजवादी पार्टी नेपाल बाँकेका जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *