
नेपालगन्ज, १९ अषाढ – नेपालगन्जबाट निरन्तर दैनिक रूपमा प्रकाशित हुँदै आईरहेकाे लोकप्रिय सन्देश दैनिकले आज शनिबार दशौं पटक रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार केन्द्रमा जारी रक्तदान कार्यक्रममा स्वस्फुर्त रक्तदाताहरु सहभागी भई रक्तदान गरेकाे रक्तदान कार्यक्रम संयोजक दिनेश ठाकुरले जानकारी गराउनु भयाे ।
लोकप्रिय सन्देश दैनिकले ४ वर्षदेखि नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । पत्रिकाको बार्षिक उत्सवको अवसरमा त्रैमासिक रक्तदान कार्यक्रम ४ वर्षअघि सुरुवात गरि निरन्तरता दिइएको हो । शनिबार नेपालगन्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल, वैश्य सेवा समाजका अध्यक्ष नन्दलाल वैश्य, लोकप्रिय सन्देश दैनिकका प्रधान सम्पादक गोविन्द शर्मा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले रक्तदान कार्यक्रमको शुभारम्भ गर्नु भएकाे थियाे ।
शनिबार सम्पन्न रक्तदान कार्यक्रममा मुस्लिम समाज, मिङ्मार होटल नेपालगन्जको सहकार्यमा रक्तदान कार्यक्रमकाे आयोजना गरिएको लोकप्रिय सन्देशका प्रबन्धक ठाकुरले बताउनुभयो ।
रक्तदान कार्यक्रममा लोकप्रिय सन्देशका ठाकुर, पत्रकार महासंघ बाँकेका सहसचिव कृष्ण ओली, पत्रकार प्रज्जवल श्रेष्ठ, सामाजिक विकास डिभिजन कार्यालयका अधिकृत बालकृष्ण चौधरी, मिङमार होटलका नुरी शेर्पा, डोमा शेर्पा लगायतले रक्तदान गर्नुभएको छ ।
कार्यक्रममा माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइराला, युवा संघ प्रदेश अध्यक्ष किशोर थापा, बाँकेका सचिव सुनील रसाईली, पत्रकार सिराज खान, अजय गुप्ता, पवन जायसवाल, माधवराम वर्मा, रमेशचन्द्र कुम्हार, सत्यमखबर अनलाईनका सञ्चालक चन्द्रेश्वरराज त्रिपाठी, रमेशचन्द्र कुमाल, उपस्थिती थियो । त्यसैगरी, नेपालगन्ज मुस्लिम समाज केंद्रीय कार्यालय नेपालगन्ज बाँकेको तर्फबाट आज रक्तदान गर्ने दाताहरुलाई उत्साह बढाउना फलफूल, जूस तथा टी-शर्ट वितरण गरिएकाे थियाे भने समाजका अध्यक्ष अब्दुल हकिम हल्वाईको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न गरिएकाे थियाे ।
रक्तदान कार्यक्रममा समाजका बरिष्ट उपाध्यक्ष अब्दुल जलील मुन्ना मंसूरी, उपाध्यक्ष फिरोज वारसी, उपाध्यक्ष मुश्ताक अंसारी, उपाध्यक्ष लुकमान अंसारी महासचिव ज्याउलहक हल्वाई, सचिव मेराज अहमद हिमाल कोषाध्यक्ष बाबू नेता, सदस्य वकील बॉक्सर समेतका पदाधिकारीहरु तथा समाजसेवी परवेज अन्सारी, दिपक लखेर लगायतको सहभगिता रहेको थियाे ।
