Monday, April 27सत्यम खबर
Shadow

धुम्रपान दिवसमा डकुड्रामा उत्पादन

नेपालगन्ज, १८ अषाढ – मे ३१ मा मनाईने बिश्व धुम्रपान रहित दिवसको सन्दर्भ पारेर बासले धुम्रपान बिरुद्ध सन्देशमुलक डकुड्रामा उत्पादन गरेको छ ।
धुम्रपान बिरुद्ध सन्देश प्रबाह गर्ने उद्देश्यले उत्पादन गरिएको साथि नामक डकुड्रामा आज सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिएको छ ।


नेपालगन्ज उपमहानगरपालिका, स्वास्थ्य कार्यालय, बाँके र खजुरा गाउँपालिकाको सहयोगमा तयार पारिएको श्रव्य दृश्य २० मिनेटको रहेको छ ।
धुम्रपान, सुर्तीजन्य पदार्थको प्रयोग, त्यसको प्रयोगबाट पुग्ने असर लगायतका बिषयमा केन्द्रित साथी नामक श्रव्य दृश्यमा मन भण्डारी, जस्मिन शाह, शोभा थापा मगर, लोकबहादुर घर्ती, श्रुती चौधरी, दिला शाह, सरिता बि.क., अशोक रावल, तपेन्द्र मलातीले अभिनय गरेका छन् ।


मन भण्डारीको कथा, लोकबहादुर घर्ति मगरको निर्देशनमा सो श्रव्य दृश्य उत्पादन भएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराउनुभयो ।
श्रव्य दृश्य हालको बिषम परिस्थिती पश्चात हुने विभिन्न कार्यक्रमहरुमा समेत प्रर्दशनी गरिने शाहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *