Monday, May 4सत्यम खबर
Shadow

कोरोना प्रभावित अति बिपन्न परिवारलाई सहयोग

काेहलपुर, १५ अषाढ – कोरोना प्रभावित अति बिपन्न परिवारलाई रुम टु रिडले खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोहलपुर नगरपालिकाको समन्वयमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग कार्यक्रमअन्तर्गत रुम टु रिडले सो सामाग्री सहयोग गरेको हो । मंगलबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख अनन्तकुमार पौड्याल, रुम टु रिडका बरिष्ठ लेखा तथा प्रशासन सहायक शिवराज आचार्य, कार्यक्रम सहायक बसन्ती शाही लगायतले सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

कोहलपुर नगरपालिकाका विभिन्न वडामा रहेका अति विपन्न २९ घरपरिवारलाई सो सामाग्री सहयोग गरिएको रुम टु रिडका बरिष्ठ लेखा तथा प्रशासन सहायक आचार्यले बताउनुभयो । मंगलबार नै बैजनाथ गाँउपालिकाका १६ र राप्तीसोनारी ढकेरीका १० जना अति बिपन्न घरपरिवारलाई पनि सो सामाग्री सहयोग गरिएको आचार्यले जानकारी दिनुभयो ।

वितरण गरिएको सामाग्रीमा प्रत्येक घर परिवारलाई २५ किलो चामल, ५ किलो दाल, २ लिटर खाने तेल, २ किलो नुन, २ किलो च्युरा, ६ वटा साबुन र ५० थान मास्क रहेको कार्यक्रम सहायक बसन्ती शाहीले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै शिक्षा प्रमुख पौड्यालले कोभिडले गर्दा अतिनै प्रभावित भै समस्यामा परेका घर परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेर रुम टु रिडले प्रशंसनीय काम गरेको बताउनुभयो ।

त्यसैगरि बाँकेकै खजुरामा बसोबास गर्ने अति बिपन्न १५ घर परिवारलाई पनि बुधबार खाद्यान्न तथा स्वास्थ्य सामाग्री प्रदान गरिने रुम टु रिडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *