
राप्तीसोनारी, १४ अषाढ – राप्तीसोनारी–५ स्थित राप्ती पीडित सामुदायिक वनमा आज सोमबार राष्ट्रिय वृक्षारोपण दिवश मनाएको छ । जिल्ला वन बाँकेको आयोजनामा एक कार्यक्रम गरी विभिन्न जातका विरुवाहरु समेत वृक्षारोपण गरिएको थियो । जिल्ला वनले ७ हेक्टर क्षेत्रमा तारबार कम्पाउण्ड लगाएर बिरुवा लगाएको छ ।
जिल्ला डिभिजन वन कार्यालयका डिएफओ राजु क्षेत्री, बर्दिया राष्ट्रिय निकुञ्जका वाडेन श्यामकुमार शाह, वनका कर्मचारी, सामुदायिक वनका पदाधिकारी, ड द्यष्ििष्यल तचभभकका हेमन्तराज काफ्ले तथा गाउँलेको सहभागीतामा एक कार्यक्रम गरी वृक्षा रोपण गरिएको थियो ।
५ हेक्टर क्षेत्रमा ८ हजार बिरुवा लगाउने भएको कुरा डिएफओ क्षेत्रीले बताएका थिए । त्यो वन क्षेत्र अतिक्रमणमा परेको र वन भित्र आधा दर्जन घर टहरा बनेको थाहा पाए पछि तिनी अतिक्रमण गरेकालाई हटाई त्यही क्षेत्रमा बिरुवा लगाईयो ।
डिएफओले आज राष्ट्रिय बृक्षा रोपण दिवस भएकाले त्यसैलाई सफल पार्न विशेष दिन रोजेको र यिनी लगाईएका बिरुवाहरुलाई पटक–पटक निरीक्षण गरि हुर्काउनु पर्ने र आफ्नो वन कस्तो बनाउने स्थानीयको हातमा भएकोले सबैले हातमा हात काँधमा काँधा गरि संरक्षणमा जुट्न बताउनु भयो ।
कार्यक्रमको उद्घाटन बाँके राष्ट्रिय निकुञ्जका वाडेन श्यामकुमार शाहले बिरुवा लगाएर गरेका थिए ।



