
नेपालगन्ज, ६ अषाढ – स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि प्रभावकारी निती, कार्यक्रम तथा प्रयाप्त बजेटको आवश्यक्तामा जोड दिइएको छ । सम्वाद समूह, सचिवालय तल्सीपुर दाङको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लुम्बिनी प्रदेशको सहकार्यमा आज आईतबार सरोकारवालाबीचको भर्चुअल संवादमा सो कुरामा जोड दिइएको हो ।
स्वास्थ्य क्षेत्रमा बजेटको प्राथमिकीकरण, प्रदेश सरकार र स्थानीय सरकार बिचको समन्वय र बजेटको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा प्रदेशस्तरिय भर्चुअल संवाद गरिएको हो । लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले असार १ गते प्रस्तुत गरेको बजेटमा कोभिड–१९ को रोकथाम र नियन्त्रणलाई प्रभाबकारी बनाउने र स्वास्थ्य सेवामा नागरिकहरुको पहँच बढाउने उल्लेख गरिएको छ ।
यसैगरी स्थानीय सरकारले पनि बजेट सार्वजनिक गर्न लागिरहेको स्थितीमा स्वास्थ्य सरोकारवाला र जनप्रतिनीधीबीच संवाद गरिएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीती कार्यक्रम र वजेट छुटयाइएको बताउँदै सोही अनुसार कार्यान्वयनका लागि सम्वद्ध निकाय प्रतिवद्ध रहनु पर्नेमा जोड दिनु भयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विकास देवकोटाले उपलव्ध वजेट र सीमीत स्रोत साधानको अधिकतम उपभोग गर्ने बातावरण सिर्जना गर्दै स्वास्थ्य संरचना निर्माण र स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन आहवान गर्नु भयो । नेपाल नगरपालिका महासंघका कोषाध्यक्ष एवं तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डले स्थानीय तहले स्वास्थ्य पुर्वाधार निर्माण र सचेतनामा जोड दिनुपर्ने बताउनुभयो ।
नेपाल नगरपालिका महासंघका लुम्वनी अध्यक्ष एवं बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेपनि सरकार र सम्वद्ध सरोकारवीचको समन्वय आवश्कीय भएको बताउनुभयो । नेपाल गाँउपालिका महासंघ लुम्वनी अध्यक्ष एव छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले स्थानीय तहले स्वास्थ्य सेवा र सुरक्षालाई प्राथमिकता साथ बजेट छुटयाउन र कार्यान्वयन गर्न कन्ुजस्याई गर्न नहुने तर्क राख्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक भुमेश्वर ढकाल, नेपाली काँग्रेसका प्रमुख सचेतक फकुरुद्दिन खाँन, नेकपा माओबादीका प्रमुख सचेतक तुलबहादुर घर्ती, भेरी अष्पतालमका मेसु डा. प्रकाश थापा, डब्लु.एच.ओ.का प्रतिनिधि हरि भुसाल लगायतले आवश्यक सुझाव राख्नु भयो ।
सम्वाद समूह, सचिवालय तल्सीपुरका वरिष्ठ सहजकर्ता सुशिल वस्नेत, विक्रम खड्काद्वारा सहजीकरण गरिएको कार्यक्रममा नगरपालिकाका प्रमुख, गाउँपालिकाका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख, सञ्चारकर्मी, सम्वादकर्ता लगायतका सहभागीता रहेको थियो ।


