Monday, May 4सत्यम खबर
Shadow

लोककल्याणकारी विज्ञापनको भुक्तनी पाउनु पर्ने माग

नेपालगन्ज, ४ अषाढ – साप्ताहिक पाक्षिक संजाल बाँकेको आज बसेको बैठकले विभिन्न संचार माध्यमहरुलाई नेपाल सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापनको भुक्तानी रोक्का गरेको प्रति गुनासो व्यक्त गरेको छ ।
साप्ताहिक पाक्षिक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलको अध्यक्षतामा बसेको बैठकले विगत लामो समयदेखि विभिन्न पत्रपत्रिकाहरुलाई सरकारले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा गएको साउन महिना प्राय सबै जिल्लामा यातायात बन्द भएका थिए ।
नेपालगन्जबाट नियमित पत्रपत्रिका प्रकाशन गदै आएपनि यातायात बन्दभएका कारण रुपन्देहि हुलाक कार्यालयमा समयमा पढाउन कठिन भयो । यस्तो कठिन परिस्थिति र कुनै पनि यातायात नचलेकाे तथा निषेधाज्ञ कामय रहेका कारण उक्त महिनाको विल भरपाइ यातायात खुल्ना साथ रुपन्देहि जिल्ला हुलाक कार्यालयमा पठाइएको भएपनि उक्त रकमको भुक्तानी आजसम्म पनि नपाएका कारण यहि आर्थिक बर्षभित्र सो भुक्तानी पाउन भनि संजाल जोडदार माग गर्दछ ।
एउटा आर्थिक बर्षको रकम अर्को आर्थिक बर्षमा दिन नमिल्ने हुँदा यहि आर्थिक बर्ष भित्र रोक्का गरिएको रकम भुक्तानी गरियोस भन्ने संजालको अपिल छ ।
नेपालगन्जबाट रुपन्देहि पैदल जान पनि सम्भव नभएको र लकडाउन खुलेपछि तुरुन्तै रकम भुक्तानीको लागि आवश्यक कागजात रुपन्देहि जिल्ला हुलाक कार्यालयमा पठाइ सकिएको भएतापनि सोको भुक्तानी आजसम्म पनि नपाएका कारण नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागसँग यसै प्रेस विज्ञप्ती मार्फत रकम भुक्तानीको लागि जोडदार माग गर्दछौं । लकडाउनको समयमा जोखिम मोलेर जनतालाई सुसुचित गर्ने कार्यमा रातदिन नभनीकन खर्टीएका मिडियालाई थप सहयोग गर्नु पर्नेमा झन सूचना छापी सकेपछि पनि रकम भुक्तानी नदिनु अन्यायपुर्ण भएको हाम्रो ठहर छ ।
लकडाउनको समय बैंकहरुले जरिवन छुट, केहि घरबेटीले घर भाडा छुट, राजस्वमा छुट गरी राहत दिएको अवस्थामा जनतालाई सुसुचित गर्न रात दिन खटिएका संचार माध्यमले पाउने लोककल्याणकारी विज्ञापनको रकम रोक्का गर्नु अस्वभनिय भएको भन्दै लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी गरीदिन हुन साप्ताहिक पाक्षिक संजाल बाँकेका सचिव अजय गुप्ताद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा आग्रह गरिएको छ ।
यसरी नियमित प्रकाशन, प्रसारण भएका मिडियाको रकम रोक्का गर्नाले हामी साना मिडिया मर्माहित भएका छौं, प्रेस विज्ञप्तीमा भनिएको छ । सरकारले एकातिर निषेधज्ञा गर्ने अर्कोतिर समयमै कागजाद नपुकेको भनि रकम रोक्का गर्ने दोहोरो चरित्र देखाउने कार्यप्रति साप्ताहिक पाक्षिक संजालले खेद प्रकट गरेको छ ।
साथै यस्तो कठिन परिस्थितिको अवस्थालाई बुझ्न नसकेकोमा दुःख व्यक्त गर्दै नियमित प्रकाशन प्रसारण भएका मिडियाको लोककल्याणकारी विज्ञापनको रकम भुक्तानीको लागि सरकारसँग जोडदार माग गरिएको छ ।
यसै प्रेस विज्ञप्ती मार्फत नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभाग, नेपाल पत्रकार महसंघ, प्रेस काउन्सील नेपाल लगायतलाई आवश्यक पहल गरिदिन हुन अनुरोध गरिन्छ । साथै मिडिया विधेकमा रहेका कमिकमजोरी पनि सच्याउन हार्दिक अनुरोध गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *