Monday, May 4सत्यम खबर
Shadow

“खजुरामा एकल महिलाहरुको लागि वर्षमा २ पटक सम्पूर्ण स्वास्थ्य चेकजाँच”

खजुरा, ३ अषाढ – विकासको गतिमा फड्को मार्दै गरेको खजुरा गाउँपालिकामा हाल ६ सय २१ जना ज्येष्ठ नागरिक तथा एकल महिलाहरु रहेका छन् । प्रत्येक ज्येष्ठ नागरिक र एकल महिलाहरुलाई ८ वटै वडाबाट बैकिङ्ग सेवामार्फत नेपाल सरकारद्वारा दिने भत्ता उपलब्ध गराउँदै आईरहेको पालिकाले जनाईएको छ ।
खजुरा गाउँपालिका वडा नं. २ मा बसोबास गर्ने ६६ वर्षिय ज्येष्ठ नागरिक र एकल महिला चित्रलेखा दाहालका अनुसार नेपाल सरकारद्वारा उपलब्ध हुने सेवा हामीले समयमा पाईरहेकोले केही हदसम्म भएपनि हाम्रो समस्या समाधान हुने गरेको छ । तर गाउँपालिकाले हामी जस्तो बृद्ध, ज्येष्ठ नागरिकका लागि घर मै व्यवस्था गर्नुपर्ने देखिन्छ । कोभिड–१९ को बन्दाबन्दामा हामीले दिनभरी लाईनमा बस्नु पर्ने बाध्यता रहेको छ । यस्तो अवस्थामा सम्बन्धित बैंकले वा गाउँपालिकाको पहलमा घरमै सेवा उपलब्ध गराउन सके अति राम्रो हुने बताउनुभयो ।


यसैगरी, खजुरा गाउँपालिका वडा नं. २ बस्ने यादी बुढा ६५ वर्षका ज्येष्ठ नागरिक तथा एकल महिला हुन् । उनलाई फोन गर्दा उनको छोरा दिलबहादुर बुढाले गाउँपालिकाबाट उपलब्ध हुने सम्पूर्ण सेवाहरु हामीलाई उपलब्ध हुने गरेको बताउँछन् ।
छोरा दिलबहादुर बुढाक्षेत्रीका अनुसार आमा बृद्ध भएको हुँदा हिडडुल गर्न नसक्ने, स्वास्थ्य अवस्था कमजोर रहेको हुँदा गाउँपालिकामार्फत घर मै स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था मिलाए अझ राम्रो हुने बताउनुभयो । आमा एक्लै बस्नु हुन्छ, उनको लागि मनोरञ्जन हुने कुनै साधन नभएको हुँदा त्यसतर्फ समेत गाउँपालिकाका सम्बन्धित पक्षको ध्यान केन्द्रित हुनुका साथै आमालाई सुगर, ब्लडप्रेसरलगायतको रोगले च्यापेको हुँदा स्वास्थ्यकर्मीहरुको व्यवस्था घरसम्म भई दिंदा स्वास्थ्य उपचारमा अलि सजिलो हुने थियो भनी बताउनुभयो ।
यसैगरी खजुरा गाउँपालिका वडा नं. २ बस्ने वर्ष ६८ की ज्येष्ठ नागरिक तथा एकल महिला लिलाकुमारी खत्रीले मधुर स्वरमा मायाले भन्नुभयो –‘बाबु मलाई अरु सब ठीक छ, नेपाल सरकारद्वारा उपलब्ध भत्ता गाउँपालिकाले दिने व्यवस्था राम्रो गरेको छ, तर म बुढो भए दिनभरी छोरालाई लिएर लाईनमा बस्दा बिरामी भईने भएको हुँदा मेरो अनुरोध छ, त्यसको निकासको लागि गाउँपालिकाले पहल गरोस्’ भनी दुखेसो पोख्नुभयो ।
खजुरा गाउँपालिकामार्फत ज्येष्ठ नागरिक र एकल महिलाहरुको लागि उपलब्ध हुने सेवा राम्रो रहेको भनाई सम्बन्धित एकल महिलाका छोराहरुको भनाईरहेको पाईन्छ । गाउँपालिकाको राम्रो पक्ष भन्नुपर्दा वर्षमा २ पटकसम्म स्वास्थ्य चेकजाँचलाई लिन सकिन्छ भनी दिलबहादुर बुढाक्षेत्रीले बताउनुभयो ।
खजुरा गाउँपालिकामा रहेका ज्येष्ठ नागरिक तथा एकल महिलाहरुको लागि वार्षिक रुपमा समेत सेवा सुविधाहरु उपलब्ध गराउँदै आईरहेको खजुरा गाउँपालिका सम्बन्धित फाँट स्रोतले जनाएको छ । खजुरा गाउँपालिकाबाट ज्येष्ठ नागरिक तथा एकल महिलाहरुको लागि कम्बल, छाता, पौष्ठिक आहारलगायत सेवा उपलब्ध गराउने गरिएको जनाईएको छ ।
यसबारे खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिलाई जानकारी गराउँदा उहाँले भन्नुभयो– “बुद्धआमाहरुको भनाई राम्रो हो तर नेपाल सरकारको प्रावधान अनुसार सामाजिक सुरक्षा भत्ता घरमा पु¥याउँदा घोटाला धेरै भएको घटनाहरु सार्वजनिक भए त्यसपछि सम्बन्धित पक्षको बैंक खातामार्फत भुक्तानीको व्यवस्था गरिएको बताए ।”
उहाँले भन्नुभयो– “हाल खजुरा गाउँपालिकाको ८ वटै वार्डमा बैंकिङ्ग सेवा विस्तार गरिएको छ । प्रत्येक ज्येष्ठ नागरिक र एकल महिला बृद्ध आमा–बुवाहरुले गाउँपालिकाबाट पैसा जमा भएकै दिन खाताबाट निकाल्न लाईन बस्नुपर्ने आवश्यकता छैन । उहाँहरुको खातामा पैसा जम्मा भईसकेपछि भिड नभएको बेलामा बैंकमार्फत पैसा मज्जाले झिक्न सक्ने जनाउनुभयो ।”
गाउँपालिका प्रमुख कक्षपतिले अगाडी थप्नुभयो– “पालिकाबाट प्रत्येक ज्येष्ठ नागरिक र एकल महिलाहरुको लागि ८ वटै वार्डमा स्वास्थ्य चौकीको व्यवस्था गरिएको छ । त्यसमाथि वर्षमा २ पटक घरमै गएर स्वास्थ्यकर्मीहरुको टीमले ज्येष्ठ नागरिक र एकल महिलाहरुको सम्पूर्ण बाडी चेकजाँचको व्यवस्था समेत गरिएको बताउनुभयो ।” उहाँले “ज्येष्ठ नागरिक र एकल बृद्ध आमाहरुको सेवा कै लागि गाउँपालिकामा एम्बुलेन्सको व्यवस्था मिलाईएको छ । कही कतै बृद्धा आमाहरुलाई स्वास्थ्यमा कुनै समस्या भए सम्र्पक गर्ने हो भने सम्बन्धित पक्षलाई छिटो छरितो घरबाट वा अस्पतालबाट गाउँपालिकाले स्वास्थ्य सेवा उपलब्ध गराउने गरेको बताउनुभयो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *