Wednesday, March 11सत्यम खबर
Shadow

“आर्थिक संकटलाई निराकरण गर्न सरकारले हातेमालो गर्न अतिआवश्यक” सञ्चालक सिंह

नेपालगन्ज, ९ श्रावण– नेपालगंज उपमहानगरपालिका वडा नं. २१ मा अवस्थित श्रद्धा ईट्टा उद्योगका सञ्चालक सुधिर प्रताप सिंहले सरकारसित उद्योग, व्यावसायी तिर वर्तमान अवस्थामा ऋण तर्फ केही छुट दिन माग गरेका छन् ।
सञ्चालक सिंहले विगत दशकौंदेखि उद्योग मार्फत हामीले सरकारलाई दिनुपर्ने योगदान दिंदै आएको तथा हाल कोभिड–१९ ले गर्दा उद्योगमा रहेको आर्थिक संकटलाई निराकरण गर्न सरकारले हातेमालो गर्न अतिआवश्यक रहेको बताउँछन् ।
सञ्चालक सुधिरप्रताप सिंह नेपालगन्ज, फुल्टेक्रा, बिर्ता, पुरैना, पुरैनीलगायतको ठाउँको लागि कुनै नौलो नाम भने होइनन् । सुधिरप्रताप सिंह एउटा कुशल व्यवसायीको साथै सामाजिक गतिविधिमा समेत उत्तिकै सक्रिया रहेको व्यक्ति हुन । नेपाल सरकारद्वारा कोभिड–१९ को बेला गरिएको लकडाउनमा आफ्नै पैसाबाट धेरै कार्यहरु गरेका छन् । सेनिटाईजर वितरण, मास्क वितरण, टि–शर्ट वितरण, राहत प्याकेज वितरणदेखि लिएर गरीब दुःखीहरुका लागि खल्तीमा भएको पैसा समेत उपलब्ध गराई सहयोग गर्दै आएको फुल्टेक्राबासीहरुको भनाई रहेको पाईन्छ ।
नेपाल ईट्टा उद्योग ब्यवसायी संघ, बाँके जिल्लाको कोषाध्यक्ष समेत रहेका श्रद्धा ईट्टा उद्योगका सञ्चालक सिंहको भनाई अनुसार बाँके जिल्लामा मात्र करीब ६० वटाको हाराहारीमा ईट्टा उद्योगहरु रहेका छन् । जस मध्ये आर्थिक संकटले गर्दा नै करीब ६ वटा उद्योग बन्द भईसकेका छन् भने बाँकी रहेका उ्रद्योगहरुको अवस्था जर्जर रहेको पाईन्छ । यसतर्फ सम्बन्धित निकायको ध्यान बेलामा नगए, बाँकेमा रहेका उद्योगहरु बन्द हुने अवस्थामा भोलिका दिनमा पुग्ने देखिन्छ ।
कोषाध्यक्ष सिंहका अनुसार ईट्टा उद्योगहरुले वर्षमा ५ वा ६ महिनासम्म उद्योगको काम गराउने र वर्षभरी त्यसको खर्च धाउने हुँदा यस पटक कोभिड–१९ ले गर्दा पिक आवरमा काम रोकी बस्नु पर्ने भएको हुँदा उद्योगमा संकट उत्पन्न भएको बताउँछन् । जसमा प्रायः भारतीय मजदुरहरुको प्रयोग हुने गर्दछ तर यसपटक कोभिड–१९ ले गर्दा यस्तो खाले समस्या उत्पन्न भएको छ । यसमा विशेष बैंकहरुलाई दिने ऋणको भारी उद्योगमा थपिएको छ ।
त्यसैगरी श्रद्धा ईट्टा उद्योगमा विगत वर्षदेखि मैनेजरको रुपमा कार्यरत रहेका मोहम्मद जकिर खानका अनुसार ईट्टा उद्योगहरुमा तीन सिप्टमा कार्य हुँदै आईरहेको हुन्छ । पहिलो सिप्टको काम कच्चा ईट्टा बिछाउने, दोस्रो सिप्टको काम रबिस हाल्ने हो भने तेस्रो सिप्टको काम ईट्टा पकाउन आगो लगाउने हो, यो कार्य भईसके पछि यसैलाई निरन्तर शुरुदेखि उद्योग क्षेत्रफलको अन्तिम छोरसम्म गर्दै जाने हो । यस क्रममा पाकेको ईट्टा बाहिर निकाल्ने र त्यसलाई बजारीकरण गर्ने हो । तर यसपटक कोभिड–१९ ले गर्दा सो अनुसार काम हुन नसकेको हुँदा चाहिएको जति उत्पादन र बजारीकरण हुन पाएन ।
मैनेजर खानका अनुसार यसपटक हामीले दुई पटक मात्र ईट्टा उत्पादन गर्न सकेको अवस्था छ । यसभन्दा अगाडी ४ पटकसम्म ईट्टा उत्पादन गर्ने गरिन्थ्यो । एक पटकमा करीब ७ लाख ईट्टा उत्पादन गरिन्छ ।
एउटा ईट्टा पकाउन धेरै उपायहरु अपनाउनु पर्ने हुन्छ । माटोको व्यवस्थापन गर्नुपर्ने, मजदुरहरुको व्यवस्थापन गर्नु पर्ने, ईट्टा पाथ्ने पथेडाको व्यवस्थापन गर्नुपर्ने, काँचो ईट्टा ढुवानी गर्ने ढुवानीकर्ताको व्यवस्थापन गर्नुपर्ने, रबिस लगाउनेको व्यवस्थापन गर्नुपर्ने, आगो लगाउनेको व्यवस्थापन गर्नुपर्ने, ईट्टा बिछाउनेको व्यवस्थापन गर्नुपर्ने त्यसपछि पाकेको ईट्टालाई निकालेर बजारीकरण गर्नुपर्ने लगायतको कार्य गर्नुपर्ने मैनेजर खानले जानकारी दिए ।

https://www.youtube.com/watch?v=GxyaeBuwENc

Leave a Reply

Your email address will not be published. Required fields are marked *