Wednesday, April 15सत्यम खबर
Shadow

अभिभावकलाई सास्ती, सम्बन्धित पक्ष मौन हुनुको रहस्य के ?

नेपालगन्ज, २६ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकालाई शिक्षाको हब बनाउने लबि· विगतदेखि हुँदै आएको भएतापनि सदरमुकाम भएको हुनाले हब सरह नै रहेको पाईन्छ । यहाँ रहेका विभिन्न सरकारी तथा प्राईभेट विद्यालय, क्याम्पस, नर्सि· क्याम्पसलगायतको सुविधा सम्पन्न भवनसहित सञ्चालनमा रहेका छन् ।
तर विगत वर्ष झैं यस वर्ष पनि नेपाल सरकारद्वारा लगाईएको लकडाउनले गर्दा अध्यापन हुन नसकेपनि प्राईभेट विद्यालयहरुले अभिभावकलाई विभिन्न बहाना गरी चर्को शुल्क असुल्ने धन्धा नै चलाएको भन्दा फर्क पर्दैन होला भनी एक जना अभिभावकले बताए ।
उनी अभिभावकको भनाईलाई मानी मंगलबार सत्यमखबरका सञ्चालक चन्द्रेश्वरराज त्रिपाठीले विभिन्न सञ्चारगृहमा सम्पर्क गरी वास्तविकता के हो भनी जानकारी माग गर्दा धेरै अभिभावकहरुले सञ्चारगृहहरुलाई गुनासो गरिसकेको भनाई सार्वजनिक सञ्जाल फेसबुकमार्फत समेत प्रकाशमा आएको छ ।


यसै विषयमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले भन्नुभयो– हामी जनताको पक्षमा छौं, हामी कहाँ धेरै अभिभावकहरुले हामीसँग गुनासो गरिसकेको हुँदा हामीले आज गरिने बोर्ड मिटि·मा समेत चर्चा गरिने बताउनुभयो ।
नगर प्रमुख डा. राणाले विद्यालय बचाओ समेत गर्नु भएको छ । डा. राणाले विद्यालयहरुलाई स्टाप तलब दिनुपर्ने, घरको भाडा दिनुपर्नेलगायत अन्य खर्च समेत गर्नुपर्ने भएको हुँदा अभिभावक मार्फत शुल्क असुलेको हुनुपर्ने हो तर यस बारे हामीले आज कै बैठकमा शिक्षा शाखा प्रमुख मार्फत चर्चा गर्ने छौं भनी तर्क राख्नुभयो ।
पढाई नै नगरी शुल्क असुल गर्नु कतिसम्म जायज भन्ने प्रश्नमा अभिभावकहरुले मिश्रित आवाज दिएका छन् । नेपालगन्जमा धेरै समयदेखि बसोबास गर्ने रामनिवास यादवले भने ‘हो यो लुट नै हो नाफा कमाउनका लागि खोलिएका स्कुलहरु दुई महिना आफ्ना शिक्षक पाल्ना सक्दैनन । बन्दको बेला कहाँबाट अभिभावक पैसा ल्याएर दिने त ?’ भन्नुभयो ।
यसैगरी फुल्टेक्रा माध्यमिक विद्यालयमा धेरै समयसम्म व्यवस्थापन समितिमार्फत शिक्षा क्षेत्रमा सेवा दिंदै आईरहेका शिक्षाप्रेमी ओमप्रकाश श्रीवास्तवले भन्नुभयो– ‘सम्बन्धित निकायहरु मौन नै बस्ने छन्, जनता चाहे जति कराओस् । असली कुरा सबैलाई थाहा छ ।’ बताउनुभयो ।
यसैगरी एकजना अभिभावक मुस्ताक अन्सारीले भन्नुभयो– ‘बैंक भौचर लिएर घुमिरहेको छु, स्कुलबाट पटकपटक पैसा जमा गर्न दबाव आईरहेको बताउनुभयो ।’
यसैगरी शिक्षाप्रेम तेजप्रकाश दिक्षीतले भन्नुभयो– ‘जसले दुई महिना पनि आफ्नो गोजीबाट आफ्ना कर्मचारी पाल्न सक्दैन भने उसले विद्यालय (व्यापार) बन्द गरे हुन्छ’ भनी बताउनुभयो ।
बाँकेका चर्चित आदर्श, एविसी, जिभिएन, प्रभात, ज्ञानोदय, ब्राईटल्याड, आदर्श लगायतका अधिकांश विद्यालयहरुले मनोमानी ढंगबाट अभिभावकलाई दबाव दिएर चर्को शुल्क असुली गर्दै आईरहेको सम्बन्धित विद्यालयका अभिभावकहरुको भनाई रहेको छ ।
बाँकेका नीजि विद्यालयले दोस्रो चरणको कोरोनापछि विद्यालय बन्द भएपनि अनलाइन कक्षाका नाउमा चैत्रदेखि जेठसम्मको चर्को शुल्क असुल गरिरहेको अभिभावक तथा सत्यमखबरका सम्पादक पूर्णप्रसाद ढकालले बताउनुभयो ।
बाँकेमा ठूला निजि विद्यालयले समेत सरकारको नीति नियमको उल्लघंन गर्दै चरम असुली गरेका छन् । अनलाईन कक्षा नियमित पठनपाठनमा लागेका विद्यार्थीलाई समेत अनलाइनका नाममा तनाव मात्र बढेको अभिभावकको गुनासो छ । अनलाइन कक्षाको कुनै उपलब्धि नदेखिएको अभिभावक बताउँछन ।
कोरोना भाइरस महामारीले अभिभावकको आर्थिक अवस्था कमजोर भइरहेका बेला बोर्डिङ स्कुलले नपढाएको शुल्क मागेर आतंक मच्चाइरहेको अधिकांश अभिभावकहरुको गुनासो रहेको पाईन्छ भने कतिपय स्कुलले तत्काल त्रैमासिक परीक्षा सञ्चालन गर्ने तयारी रहेको शुल्क भुक्तानी गर्न अभिभावकलाई दबाव दिईरहेको बताउँछन् ।
सम्बन्धित पक्ष मौन हुनुको रहस्य के हो ? आजको युगमो सबै काम सेटि· कै भरमा हुने हो भने आम सर्वसाधारण नेपाली जनताको हकहितको बारेमा कसले सोच्ने ? सम्बन्धित शिक्षा प्रमुख मौन हुनुको पछाडि कस्तो सेटि· रहेछ ? नगर प्रमुख समेत मिश्रित कुरा गर्नुभएको पछाडी कतै भोट बैंक त होईन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *