Saturday, May 16सत्यम खबर
Shadow

नेपाल शिक्षक संघद्वारा ८ वटै पालिकालाई ज्ञापन पत्र

नेपालगन्ज, २३ जेष्ठ – नेपाल शिक्षक संघद्वारा ८ वटै पालिकाहरुलाई कोभिड–१९ विरुद्धको खोप तथा बालविकास र विद्यालय कर्मचारीहरुको तलब भत्ता सुनिश्चितता गर्न ज्ञापन पत्र बुझाएका छन् ।


जानकी गाउँपालिका–५ नेपाल शिक्षक संघका अध्यक्ष साकिर खानको नेतृत्वमा उपाध्यक्ष सीता ओलि, सचीव खेमेन्द्र बुढाथोकी, उपसचिव सन्ध्या शर्मा, सहसचिव धर्मराज तिवारी, सदस्य ओमप्रकाश बिश्वकर्मा, राजु यादव, बिना भण्डारी, शिक्षक महासङका उपाध्यक्ष बिजय लक्ष्मी मिश्रा, सचिव उमेश सोनखरको टोलीले गाउँपालिका प्रमुख रामनिवास यादवलाई ज्ञापन पत्र बुझाएका छन् ।

शिक्षक संघद्वारा पालिकाहरुलाई बुझाईएको ज्ञापन पत्रमा– “प्रस्तुत बिषय सम्बन्धमा हाल कोभिड–१९ को महामारीका कारण भौतिक उपस्थितिमा बिधालयको पठनपाठन कार्य बन्द रहेको सर्बबिदितै छ । यस्तो बन्दाबन्दिको बेलामा समेत घरघरमा बिद्यालयको अभियान लिएर बैकल्पिक माध्यमबाट शिक्षण सिकाइलाई निरन्तरता दिन शिक्षक संघले महत्वपूर्ण भुमिका खेलेको स्मरण गराउन चहान्छौ । यस महामारीका कारण थुप्रै शिक्षकले ज्यान गुमाइसकेको अवस्था छ ।” उल्लेख गरिएको छ ।


त्यसैगरी ज्ञापन–पत्रमा अगाडी लेखिएको छ – “यस्तो अवस्थामा ठूलो विद्यार्थीको जमातमा काम गर्न त्रासदी पुर्ण देखिन्छ । देशमा कोभिड बिरुद्धको भ्याक्सिनको दोस्रो चरणपूरा हुँदा समेत शिक्षकले भ्याक्सिन प्राप्त गर्न नसक्नु दुखद बिषय हो । भ्याक्सिन प्राथमिकतामा पर्नुपर्ने शिक्षकलाई गम्भीरता पुर्बक नलिइनु लाचारीपन बाहेक अरु केही देखिएन । भर्खरै मात्र आ.ब.२०७८÷०७९ को संघीय बजेट आएको सन्दर्भमा बालबिकास शिक्षक तथा कर्मचारीको तलबका बिषयमा स्थानिय तहलाई समेत जिम्मेवार बनाएकाले सो बिषयमा हाम्रो ध्यानाकर्षण भएको छ । अतः यस स्थानिय तहबाट आगामी बर्षको कार्यक्रम तथा बजेट निर्माणमा अन्य शिक्षाका नियमित कार्यक्रमका अलावा तपसिलका थप कार्यक्रम अनिवार्य रुपमा समावेस गर्न हुन अनुरोध गर्दछौ ।” उल्लेख गरिएको छ ।


ज्ञापन पत्रमार्फत ३ बूँदे माग प्रस्तुत गरिएको व्यवहोरा यस प्रकार रहेको छ । “बिधालय भौतिक रुपमा खुल्नु पुर्ब नै त्यस स्थानिय तहका शिक्षक तथा बिद्यालय कर्मचारीलाई पुर्ण रुपमा भ्याक्सिनको ब्यवस्था गर्ने र यसका लागि आवश्यक बजेट प्रबन्ध गर्ने । संघीय सरकारले घोषणा गरे बमोजिमको बालबिकास शिक्षक र कर्माचारीको तलब रु ७००० हजारका दरले आफ्नो स्थानिय तहको संख्या एकिन गरि बजेट बिनियोजन गर्ने । संघीय बजेट भाषण मै शिक्षण अनुदानको निरन्तरता भनिएकोले केही पालिकाले अनुदान रकम हालसम्म समेत निकासा नगरेकाले यथा शिघ्र निकासा गर्ने ।” उल्लेख गरिएको शिक्षक संघ बा“केका अध्यक्ष बिरेन्द्र यादवले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *