Saturday, May 16सत्यम खबर
Shadow

“स्वास्थ्यकर्मीलाई हातपात गर्नु हुन्न”– शाक्य

नेपालगन्ज, २२ जेष्ठ – जनताको सेवामा खटेका स्वास्थ्यकर्मीलाई हातपात गर्नु हुन्न स्वास्थ्यकर्मी माथि हातपात गर्ने जोसुकै भएपनि कानुन बमोजिमको कारवाही हुन्छ नेकपा एमाले केन्द्रिय सदस्य एवं अनेमसंघ केन्द्रिय सचिव सुजिता शाक्यले ठोकुवा गर्नु भयो ।
भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्यकर्मीमाथि भएको हातपातको घटना बारे जानकारी लिन आउनु भएकी शाक्यले कारवाहीमा ढिला किन भन्ने सहभागीको जिज्ञासामा यसो भन्नुभयो, विडम्बना अहिलेसम्म स्वास्थ्यकर्मीमाथि हातपात गरेमा के सजाय दिने ? कति सजाय दिने ? गाली गलौच गरेमा के साजय दिने ? हातपात गरेमा के सजाय दिने भन्ने सम्बन्धि कानुन बनेकै रहेनछ ।


त्यसकारण कानुन बनाउँदा अलिकति समय लिएको भएतापनि मन्त्रिपरिषदको बैठकले कानुन बनाउने निर्णय गरी सकेको हुनाले छिट्टै कानुन बमोजिमको सजाय हुनेमा विश्वस्त पार्नु भयो ।
उहाँले कानुन निर्माण नगरीकन के कारवाहि गर्ने ? कति सजाय तोक्ने भन्ने अन्योल रहेको हुँदा केही समय लागेको भएपनि अब कानुन बनिसकेको हुँदा दोषीले कारवाही बेहोर्नै पर्छ ।
पछिल्लो समय जिल्लाको समग्र स्वास्थ्यको अवस्था बारे नेकपा एमाले पार्टी कार्यालय बाँकेद्धारा आयोजित स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै शाक्यले आफ्नो ज्यानको बाजी थापेर जनताको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात गर्नु निन्दनीय भएको भन्दै यदाकदा केही डाक्टर र स्वास्थ्यकर्मीका सर्टिफिकेट नक्कली छन्, झर्केर बोल्छन्, डक्टरले पुरा समय दिंदैनन् भन्ने आरोप लाग्ने गरेका भएपनि स्वास्थ्य सम्बन्धि कमिकमजोरी छन् भने छानबिन गरी कानुन बमोजिम जानु पर्दछ, हातपात गर्नु समाधान होइन । नीति तथा ऐन कानुन बनाएर कानुन बमोजिम काम गर्नु पर्छ सोझै आक्रामण गर्ने कुरा अस्वभनिय हो भन्नुभयो ।


भेरी अस्पतालमा नर्समाथि भएको दुव्र्यवहार र जिल्लाको समग्र स्वास्थ्यको अवस्था लगायत नेकपा एमाले जिल्ला कमिटि बाँकेले स्थानीय तह गत समिक्षा कार्यक्रममा बोल्दै अनेमसंघ कन्द्रिय सचिव शाक्यले यो कोरोनाको महामारीको बेला प्रमुख काम भनेको जनता बचाउने हो सोही अनुसार काम गर्न सिंगो पार्टीपंक्ती र अनेमसंघलाई निर्देशन गर्नुभएको छ ।


नेकपा एमाले बाँकेका अध्यक्ष सुर्य ढकालको अध्यक्षता सम्पन्न कार्यक्रममा पुर्वमन्त्री आरती पौडेल, भेरी अस्पताल बाँकेका अध्यक्ष प्रमोद धिताल, सदस्य कृष्णप्रसाद श्रेष्ठ, सुकुमबासी आयोग बाँकेका अध्यक्ष शान्ति ढकाल, अनेमसंघका केन्द्रिय सदस्यहरु भारती खनाल, विम्मि पन्थि, विजय धिताल, अछरी पोखरेल, सरु मल्ल, जिल्ला सदस्यहरु हिरा खराल, कृष्ण पाठक, शोभा विसी लगायतको सामाजिक दुरी कायम गर्दै सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *