
नेपालगन्ज, २२ जेष्ठ – रक्तदान जीवन दान भन्ने मुख्य उद्देश्य राखी कशौंधन वैश्य समाज बाँकेले भोलि आईतबार बिहान बृहत रक्तदान गर्ने भएको छ ।
कशौंधन वैश्य समाज, कशौंधन वैश्य युवा मञ्च र कशौधन वैश्य महिला मञ्चको संयुक्त आयोजनामा भोलि आईतबार सम्पन्न हुने बृहत रक्तदानमा सम्पूर्ण नेपालगन्जबासीहरुलाई यस कोरोना भाईरसको संक्रमण कालमा ब्लड बैंकमा रक्त अभाव भएको हुँदा रक्तदान गरी मानवीय सेवामा समर्पित हुँदा रक्त अभाव परिपूर्ति गर्न समाजका अध्यक्ष नन्दलाल वैश्यले अनुरोध गरेका छन् ।
मानवताप्रेमी कार्यमा सदैव सर्मित कशौधन वैश्य समाजले आज शनिबार विश्व वातावरण दिवसको अवसरमा नेपालगन्ज वडा नं. २ स्थित रहेको गौशालामा बृक्षारोपण गरेको जानकारी गराउँदै समाजका अध्यक्ष वैश्यले भोलि हुने बृहत रक्तदान कार्यक्रम सुरक्षा मापदण्डको पूर्णपालना गरिएको हुँदा उपस्थित भई रक्तदान गर्न अपील गरेका छन् ।
बृक्षारोपण कार्यक्रममा अधिवक्ता विश्वजीत तिवारी, सत्यमखबरका सहसम्पादक हेमन्तराज काफ्ले, वडा नं. २ का वडा अध्यक्ष सुनिलसिंह हमाल, कशौधन वैश्य समाजका पदाधिकारी, गौशालाका संरक्षकलगायतको सहभागिता रहेको बताउनुभयो ।




