Sunday, April 26सत्यम खबर
Shadow

“लकडाउनले गर्दा बैंकको ब्याजसम्म बुझाउन धौ–धौ” प्रधानाध्यापक बर्मा

नेपालगन्ज, २१ जेष्ठ – श्री माध्यमिक विद्यालय बन्जारे गाउँ जानकी गाउँपालिका वडा नं. ३ का प्रधानाध्यापक आदित्यकुमार बर्मा कृषि पेशातिर आकर्षिक हुँदै लाखौं रुपैयाँको लगानी गरी कृषि खेती गरिरहेका छन् ।
कोभिड–१९ कोरोना भाईरसको नियन्त्रणका लागि विगत १ महिना २० दिनदेखि सरकारद्वारा लगाईएको लकडाउनले गर्दा उनको उक्त सपना चकनाचुर हुने अवस्थामा पुग्दा समेत सम्बन्धित कसैको आँखा पुग्न नसकेको गुनासो प्रधानाध्यापक बर्माको रहेको छ ।


सरकारद्वारा गरिएको लकडाउनले गर्दा नै खेतबारीमा उत्पादन भएको हरियो तरकारी समेत बजारमा नपुग्दा लगानी त डुब्यौ त्यसमाथि बैंकबाट लिएको ऋण कसरी तिर्ने र प्रत्येक महिना बुझाउने बैंक ब्याजको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता अर्कोतिर रहेको गुनासो प्रधानाध्यापक बर्माले पोख्नुभयो ।


जानकी गाँउपालिका ३ बन्जारे गाँउमा बसोबास गर्दै श्री मध्यमिक बिद्यालयका प्रधानाध्यापक भएर शिक्षा पेशामा रमाई रहेको बताए । तर गाँउ तथा घरको मौलिक कृषि पेशा रहेकोले उनी केही गर्ने सोचले कृषि पेशामा करिब ४० लाख लगानी गरेर कृषि पेशा शुरु गरेका थिए । धेरै प्रबिधिक बारे जानकारी नभएकोले उनी शुरुमा १५ लाख लगानी लगाएका थिए । उत्पादन राम्रो भएपछि यो बर्ष लगानी ४० लाख पुर्याए । उत्पादन राम्रो भएपनि उत्पादन शुरु हुने बेला मै कोरोना महामारीका कारणले लकडाउन भएपछि उत्पादित तरकारी खेत मै कुहिन थालेको किसान प्रधानाध्यापक बर्माले बताउनुभयो ।


सुर्यको बिहानी खोज्दै भिन्डी
उनी लिजमा र केही जमिन आफ्नो गरी ६ विगहा जमिनमा तरकारी खेती गरेका छन् । तर उत्पादन भएको तरकारी बिक्री भए यो बर्ष नै लगानी निकाल्न सक्ने सोच बनाएका थिए । तर उत्पादन भएको तरकारी खेत मै कुहिन थालेको छ । उनको बाडी पाँच लाख, टिते करेला १० लाख, टमाटर, ३ लाख र अन्य गरी हिसाब गर्नै नसक्ने गरी घाटा लागेको बताउनु भयो । उता नेपालगन्ज रानी तलाऊ तरकारी बजारमा बिक्री गर्न लगेपछि व्यापारीहरुले प्रतिकेजि ८ प्रतिशतका दरले नाफा खाना खोज्ने किसान बर्माले बताउनु भयो ।
नेपालमा तरकारी उत्पादन नभएको होइन तर छिमेकी मुलुक भारतबाट सस्तो दररेटमा तरकारी अन्धाधुन्ध तरिकाले आयत हुना थालेपछि नेपालका किसान त्यसका प्रतिस्पर्धा गर्न सक्दैनन् । एक तिर सरकारले कृषि क्रान्ति ल्याने र अर्को तिर किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिएपछि कसरी ल्याउन सकिन्छ । बाँके जिल्ला मै हेर्ने हो भने प्रधानाध्यापक बर्मा त एक पात्र मात्र हुन र उनी जस्ता सयौँ किसानहरुले आफ्नो उत्पादनबाट घाटा व्योहोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *