Wednesday, April 15सत्यम खबर
Shadow

मंगलबारकाे हावाहुरीले १० लाख बराबर क्षति

नेपालगन्ज, १२ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिका जयसपुरसँगै जाेडिएकाे जानकी गाउँपालिका वडा नं. १ मा रहेकाे फार्ममा मंगलबार ११ गते करीब ४:३० बजे आएकाे हावाहुरीले लाखाै बराबरकाे नाेक्सानी भएकाे छ ।

जानकी गाउँपालिका वडा नं. १ पचपाेखरामा रहेकाे अलि बाख्रा पालन, अलि पाेल्ट्री फार्म, अलि माछा पालन र अलि फ्रेस हाउसमा मंगलबार आएकाे हावाहुरी पुरै फार्म तहसनहस भई १० लाख रूपियाँ बराबर नाेक्सानी भएकाे सकिल अहमद राईले जनाएका छन् ।

स्थानियवासी तथा सत्यमखबरका सम्वाददाता राईका अनुसार उक्त फार्ममा रहेका माजीद कबडिया उर्फ गुल्ले कबडियलाई गम्भीर चोट लागेकाे हुँदा उपचारका लागि उनलाई भारतकाे बहराईचमा लगी परिवारले उपचार गराईरहेको जनाएका छन् ।

उक्त फार्ममा रहेकाे १५ सय कुखुराकाे चल्ला पुर्णरूपमा नष्ट हुनुका साथै फार्म समेत हावाहुरीले पुर्ण क्षतिग्रस्त भएकाे जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *