Sunday, May 31सत्यम खबर
Shadow

अन्जनी माता रसोईलाई भट्टराईको सहयोग

नेपालगन्ज, १० जेष्ठ – सहयोगी मनका धनीहरुलाई पनि सहयोगको लागि विभिन्न बहाना चाहिन्दो रहेछ, कसैले जन्मदिनको नाममा, कसैले आमाबुवाको नाममा, कसैले छोराछोरीको नाममा सहयोग गर्ने गरेका छन् ।


यस्तो सहयोगी हातहरुलाई म सलाम गर्छु, भनी अन्जनी माता रसोई घरका सञ्चालक जितेन्द्रसिंह ठाकुरले भन्नुभयो– ‘सहयोगी हातहरुले जुन सुकै मौका भएपनि सानो वा ठूलो सहयोग गरि मानवीय सेवामा समर्पित भएको भावना दिएका छन् ।’ त्यसमा यो वा त्योभन्दा पनि उनले मानवीय सेवा गरेकोप्रति म सलाम गर्छु ।’ भनी बताउनुभयो ।


आज सोमबार काठमाण्डौ बस्ने सृजना भट्टराईले आफ्नो जन्मदिनको अवसरमा कसैलाई सहयोग गरौं भनी कोहलपुरमा रहेको नवजीवन केन्द्रमार्फत अन्जनी माता रसोई घरलाई भेरी अस्पताल परिसरमा रहेका बिरामी, कुरुवाहरुका लागि फलफुल तथा अण्डा सहयोग गरेका छन् ।


त्यसैगरी उनले पठाएको नगद ४० हजार मध्ये अन्जनी माता रसोई घरका लागि १५ हजार बराबर फलफुल र अण्डा सहयोग गरेका छन् भने सोहीबाट नेपालगन्जमा शिवसेना नेपालद्वारा सञ्चालित फुड बैंकका लागि नगद ५ हजार फुडबैंकका संयोजक राजकुमार रौनियारलाई हस्तान्तरण गरेका छन् । बाँकी बचेको २० हजार कारकाँदोमा रहेको बृद्धाश्रमलाई सहयोग गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *