Wednesday, April 15सत्यम खबर
Shadow

फिलिस्तीन–इजरायलबीचको धार्मिक विवाद

मिति : २०७८ जेष्ठ १० गते
– विद्रोही
करिब ११ दिनदेखि इजरायल र फिलिस्तीनबीच चलेको युद्ध भर्खरै विश्व समुदायको दबावमा युद्ध विराम गरिएको छ तर त्यहाँ स्थित गाजापट्टीमा आज पनि दुवै देशबीच तिव्र झडप हुँदैछ । धार्मिक कारणले त्यहाँ केही हप्ता अघि विवाद चर्की एक आपसमा युद्ध शुरु भएको थियो दुवै देशबीच चलेको युद्धमा इजरायलतर्फ ७ जना र फिलिस्तीनतर्फ २०० भन्दा बढी जनाको मृत्यु भएको छ । मर्नेहरुमा अधिकांश महिला र बच्चाहरु छन् । इजरायलले गरेको आक्रमणमा परी फिलिस्तीनको पक्षबाट युद्ध गरी रहेका १६ जना भन्दा बढी हमासका माथिल्लो स्तरका कमाण्डरहरुको पनि मृत्यु भएको छ ।


इजरायल र फिलिस्तीनबीच चलेको युद्धको कारण हामीले बुझ्न पर्ने जरुरी छ यस युद्धको कारण हो धार्मिक । पूर्वी येरुशलेमको नजीक एउटा धार्मिक स्थान छ बैतुल मुकद्दस यो स्थान यहुदी, इसाई र मुस्लिमको महत्वपूर्ण धार्मिक स्थल हो । किम्वदन्ती अनुसार यही स्थानमा प्रभु इसा मसीहलाई सलीबमा चढाइएको थियो । यही स्थानबाट मसीह आकाशमा उठ्नु भएको थियो यहुदी यसलाई यस कारण आफ्नो आस्थाको केन्द्र मान्छन् कि यहीं अब्राहमले आफ्नो छोराको बलि दिनु भएको थियो पछि छोरोको बलिको स्थानमा भेडा कटेको पाइयो । हजरत मुसालाई इजिप्टबाट निकाला गरिँदा यसै स्थानमा आई बस्नु भयो ।
त्यस्तै नै मुस्लिम यसलाई यस कारण आफ्नो मुख्य धार्मिक स्थल मान्छन् कि इस्लाम धर्मका अन्तिम पैगम्बर यहाँ पुग्नु भएको थियो र यहींबाट स्वर्ग प्रस्थान गर्नु भएको थियो । पहिले इस्लाम धर्मावलम्बीहरुको यही नै पहिलो किबला अर्थात मुख्य धार्मिक केन्द्र थियो यतातर्फ मुख गरी उनीहरु नमाज पढ्ने गर्थे। इजरायल प्राचीन कालदेखि छ यसको प्राचीन इतिहास छ । जैकबको नामले यो राष्ट्रको निर्माण भएको हो । इस्लाम धर्मावलम्बीको मत अनुसार यो स्थान पृथ्वीको मुख्य धुरी हो । पृथ्वीमा मानवको उत्पत्तिको शुरुआत यहींबाटै भएको थियो यहुदीहरु मान्छन् कि यही स्थानमा पहिलो मानव आदमको उत्पत्ति भएको थियो । यसरी यो स्थान शताब्दियौंदेखि विवादित छ । बैतुल मुकद्दस अल अक्शा मस्जिद भन्दा पहिले यहाँ यहुदीको मन्दिर रहेको थियो पछि यो मन्दिर भत्काई बैतुल मुकद्दस निर्माण गरिएको यहुदी मत रहेको छ । यसरी देखियो भने यो स्थान करीब अढाई हजार वर्षदेखि विवादित छ । यो विवाद त्यस्तै छ जसरी भारतको अयोध्याधामस्थित धार्मिक विवाद । हिन्दुहरु मान्छन् कि यहाँ मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्म भएको थियो यस कारण यो राम जन्मभूमि रहेको मान्यता छ मुस्लिम आक्रान्ता बाबरका सेनापति जुनकि शिया मुस्लिम थिए बाबरको निर्देशन अनुसार त्यसले राम जन्मभूमिमाथि आक्रमण गरी ध्वंश ग–यो पछि त्यसको अवशेषबाट बाबरी मस्जिद निर्माण गरेको थियो । रामजन्म भूमि–बाबरी मस्जिदको विवाद करीब ५ सय वर्ष भन्दा बढी चल्यो जसरी येरुशलेममा यहुदी, मुस्लिम र ईसाईबीच भएको धार्मिक युद्धमा हजारौं हजारको मृत्यु हुँदै आएको छ ठिक त्यस्तै प्रकार राम जन्म भूमि–बाबरी मस्जिदको विवादमा दुवै तर्फका हजारौं हजार व्यक्तिको मृत्यु भएको पाइन्छ । भारत भनेको विश्वको सबै भन्दा ठूलो लोकतन्त्र भएको देश हो यस कारण त्यहाँ केही वर्ष अघि लोकतान्त्रिक पद्धति अनुसार विवादको समाधान गरियो अदालतमा चलेको लामो सुनुवाई पछि रामजन्म भूमि बाबरी मस्जिदबीचको विवाद समाधान गरियो आज अदालतको फैसलाबाट अयोध्यामा राम मन्दिरको निर्माण भई रहेको छ । मुस्लिम पक्षलाई सन्तुष्ट पार्न ठूलो जमीन मस्जिद निर्माण गर्न प्रदान गरिएको छ यो हो लोकतन्त्रको सुन्दरता तर इजरायल–फिलिस्तीनमा भारत जस्तो मजबूत लोकतन्त्र छैन यस कारण बैतुल मुकद्दस अल अक्शा मस्जिदको विवाद गहिरिँदै गई रहेको छ । धर्ममा आधारित यो युद्ध लामो समयसम्म चली रह्यो भने त्यो दिन टाढा छैन जब संसारले तेस्रो विश्व युद्धको दंश झेल्नु पर्नेछ । किनकी इजरायल र फिलिस्तीनबीचको चलेको यस युद्धबाट अहिलेसम्म विश्व दुई भागमा विभाजित भएको देखिन्थ्यो । अहिले युद्ध विरामपछि तेस्रो विश्व युद्धको संकट केही समयको लागि पर टलेको छ । तर संकट अहिले पनि कायमै छ । फिलिस्तीनको समर्थनमा ५७ वटा मुस्लिम देश लामबद्ध भएका थिए । इजरायलको समर्थनमा कम देश छैनन् करिब २४ वटा देश इजरायलको खुल्ला समर्थनमा उत्री सकेका थिए ।
अमेरिकाले इजरायल आफ्नो भूभागको सुरक्षा गर्न पाउनु पर्छ भनेको थियो । इटली, फ्रान्स लगायत देश पनि इजरायलको पक्षमा देखिन्थे । इजरायलको भारतसँग अति नै सुमधुर सम्बन्ध छ । भारतमाथि जब जब संकट परेको छ इजरायलले भारतलाई खुल्ला रुपमा सघाएको छ । यस कारण लामो समयसम्म युद्ध चल्थ्यो भने बाध्यतावश भारतले इजरायललाई यस युद्धमा सघाउनु नै पथ्र्याे । जापान जस्तो देश पनि इजरायलको समर्थनमा उत्रेने मनसाय बनाएको थियो ओआईसीको बैठकमा ५७ वटा मुस्लिम देशले फिलिस्तीनको समर्थन गरे तर ओआईसीमा मतभिन्नता बढेपछि मुस्लिम देशबीच नै मतभिन्नता पैदा भएको थियो ।
आफूलाई मुस्लिम पक्षधर देश बताउने पाकिस्तान र तुर्की जस्तो देश छेपारो जस्तो रंग फेर्दै यस युद्धमा जलेको आगोमा घिउ हाल्ने काम गरी रहेका थिए । पाकिस्तानले फिलिस्तीनलाई सघाउने क्षमता नै थिएन । यसको ज्वलन्त उदाहरण भर्खरै मिलेको छ पाकिस्तानका प्रधानमन्त्री इमरान खान केही दिन अघि विदेश भ्रमणमा गएका थिए त्यहाँबाट स्वदेश फर्किन लाग्दा सो देशले पाकिस्तानलाई सहयोग स्वरुप १८ सय क्विन्टल चामल दियो । पाक प्रधानमन्त्री त्यति चामल नै लिएर मक्ख भई फर्के । यसरी सानोतिनो सहयोग लिन नचुक्ने पाक फिलिस्तीनलाई कत्तिको सहयोग दिन सक्थ्यो अहिले नै बुझ्नुपर्ने जरुरी भई सकेको छ ।
त्यस्तै नै एक कट्टर मुस्लिम देश छ तुर्की यो देश आतंकवादीलाई लुकीछिपी ढंगले सहयोग दिई आतंकवाद बढाउँछ तर युद्धबाट सधैं पछाडि भाग्ने गर्छ । तुर्की इजरायलदेखि अलि टाढा छ यस कारण त्यो फिलिस्तीनलाई धेरै सहयोग पु–याउन सक्दैनथ्यो त्यस्तै एउटा शक्तिशाली मुस्लिम राष्ट्र छ शिया समुदायको देश ईरान । यो अमेरिकाको प्रबल शत्रु देश हो यस कारण यसले इजरायलको क्षति कम अमेरिकाको क्षति गर्न धेरै ध्यान दिन्छ । त्यस्तै चीन एउटा यस्तो देश हो जुनकि सैन्य संरचनामा धेरै मजबुत छ यस समय त्यसले फिलिस्तीनको समर्थनमा बोल्नु पथ्र्याे तर यस समय त्यो इजरायलको विरोधमा नबोली अमेरिकाको विरोधमा बोलेको देखिन्छ ।
यसरी इजरायल र फिलिस्तीनबीच चलेको युद्धमा प्रायः सबै देश आ–आफ्नो स्वार्थ साध्न खोजी रहेका थिए । इजरायल–फिलिस्तीनको युद्ध राजनीतिक होइन बरु धार्मिक हो यस कारण भारत, जापान, चीन जस्तो देशले यस युद्धमा होमिनु गलत हुन्थ्यो किनकी यी ३ वटै देश न त यहुदी हुन्, न त इसाई हुन् न त मुस्लिम नै यस कारण यो युद्ध हिन्दु, बौद्ध, सिन्तो, ताओ धर्मावलम्बीको पक्कै होइन यसकारण युद्धसँग कुनै वास्ता नै राख्नु हुँदैन किनकी यहुदी, मुस्लिम, इसाई भनेको एक रुखको हाँगा बिंगा हुन् यस कारण युद्धमा नहोमी यो युद्धलाई रोक्ने तर्फ आवश्यक पहल सधैं गर्दै रहनु पर्छ । किनकी चाहे जुन युद्ध होस् युद्धमा महिला, बच्चा, वृद्ध–वृद्धाहरुको मृत्यु हुन्छ । असक्तको हत्या मानवताको नै हत्या हो । यस कारण वसुधैव कुटुम्बक विश्व एक परिवार हो यो मूल मन्त्रको अंगीकार गरी मानवको हत्या गर्न रोक्नु पर्छ तर यस्तो मानवताको हत्या रोक्न अहिलेसम्म कसैले पनि चाख राखेको देखिँदैन । राम्रै भयो कि दुवै देशबीच युद्ध विराम भयो लामो समयसम्म युद्ध चल्थ्यो भने मानवताको हत्या हुन्थ्यो । अहिलेसम्म चलेको युद्धमा सबै भन्दा दोषी हमास रहेको देखियो त्यसले सबै भन्दा पहिले हजारौं राकेट रिहाइसी बस्तीमा हानी राख्यो । इजरायल पनि त्यत्ति नै दोषी छ हमास हजार राकेट प्रहार गर्छ त्यस समय इजरायलको आयरन डोम ९० प्रतिशत राकेट आकाशमा नष्ट गरी दिन्छ तर त्यसको एउटै प्रहारबाट थुप्रै निर्दाेष फिलिस्तीनी नागरिकको मृत्यु भएको पाइन्छ । हमास यस युद्धमा अत्यन्त आक्रामक भएको देखियो त्यसले भारतको केरल राज्यबाट इजरायलमा काम गर्न गएकी महिला नर्स सौम्या सन्तोषमाथि राकेट प्रहार गरी हत्या गरेकोले भारतमा हमासको ठूलो विरोध समेत भयो । इजरायलले सौम्या सन्तोषको हत्याको बदला लिन एउटा प्रक्षेपास्त्रको नाम राख्यो सौम्या सन्तोष त्यही प्रक्षेपास्त्र फिलिस्तीनमाथि चलाई सौम्या सन्तोषको हत्याको बदला लिएको थियो । विगत समय इजरायलको धेरै सानो भूभाग थियो तर कैयन पटक भएको युद्धमा फिलिस्तीन आफ्नो ठूलो भाग इजरायलसँग गुमाई सकेको छ । यसै कारण सो युद्ध बराबर चल्दै आएको छ । इजरायलको जनसंख्या मात्र ९० लाख जति छ तर यसले विगत समय ७ मुस्लिम देशलाई जितेर विजयी बनेको इतिहास छ । यस कारण युद्धमा इजरायलको आसेपासे रहेका मुस्लिम देशले पनि सघायो भने यस पटक पनि इजरायलसँग भने जित्न सक्दैनथ्यो । बैतुल मुकद्दस अल अक्शा मस्जिदको विवादको समाधान सधैंको लागि अन्त्य गर्न अन्तर्राष्टिय अदालतमा मुद्दा चल्नु पर्छ । अदालतले जुन फैसला दिन्छ ३ वटै समुदायले मान्नु पर्छ ।
अन्तरराष्टिय अदालतमा जाँदा वैदिक संस्कृति मान्ने एक जना न्यायाधीशलाई मध्यस्थकर्ताको रुपमा राख्ने र त्यस्तै मुद्दाको सुनुवाई गर्न एक जना यहुदी धर्म मान्ने न्यायाधीश त्यस्तै एक जना मुस्लिम धर्म मान्ने न्यायाधीश र तेस्रो ईसाई समुदायको न्यायाधीश नियुक्त गर्ने यस समय ३ वटै पक्षले आफ्नो प्राचीन साक्ष्य प्रमाण अदालतलाई दिने र यिनी न्यायाधीशबाट बैतुल मुकद्दस अल अक्शा मस्जिदलाई कुन समुदायलाई दिइने फैसला दिनु पर्छ । यो कुराको सहमति पहिले गराए यो समस्या सधैंको लागि समाप्त हुन सक्छ ।
इजरायल र फिलिस्तीनबीचको एउटा अर्काे विवाद छ त्यो हो येरुशलेमको साहजरा नामक एउटा सानो ठाउँ छ यो जमीन अरबी मूलका व्यक्तिबाट इजरायलले किनेको थियो अहिले सो किनेको जमीनमा केही अरबी मूलका व्यक्ति बसेका छन् अदालतमा मुद्दा चल्दा अदालतले सो जमीन अरबी मूलका व्यक्तिबाट खाली गराई यहुदी मूलका व्यक्तिलाई बसाउने योजना राखेको छ । इजरायलले ति अरबी मूलका व्यक्तिलाई सो जमीन खाली गराउन कर गर्दा विवाद उत्पन्न भएको हो यस कारण विवाद अरबी मूलका व्यक्तिबाट उत्पन्न गरिएको देखिन्छ । यसमा प्रश्न उठ्न कि बिक्री गरिएको जमीन आफ्नो अधीनमा किन राख्ने सबैले जाने बुझेको कुरा हो साउदी अरबमा अमेरिकाको ठूलो वर्चस्व छ ।
फिलिस्तीनमा हमास नामको संगठन इजरायलले नै खडा गरेको थियो त्यहाँ २ फिलिस्तीनी गुटको शासन छ । अरबको इजरायलसँग सुमधुर सम्बन्ध विगत दिनदेखि छ । यस कारण अहिले साउदी अरबले फिलिस्तीनलाई गरेको समर्थन दिखावा मात्र थियो युद्ध चल्थ्यो भने अमेरिकाको दबावमा साउदी अरब चुप लागेर बस्ने सम्भावना थियो । यस कारण इजरायल फिलिस्तीनबीचको विवाद सधैंको लागि अब समाप्त हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *