Sunday, April 26सत्यम खबर
Shadow

होम आईसोलेसनलाई प्रभावकारी बनाइदै

नेपालगन्ज, १८ बैशाख – नेपालगन्जमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि घर मै आईसोलेसन बस्नेहरुको संख्या बढ्न थालेको छ । हाल नेपालगन्ज उपमहानगरपालिकामा २ हजार ३ सय ६६ जना घर मै आईसोलेसनमा बसेको सम्पर्क व्यक्ति राजन शाहीले जानकारी दिनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडा मध्ये वडा नम्बर १० मा सबैभन्दा बढि ६ सय ५० जना घर मै आईसोलेसनमा बस्नु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सामान्य लक्षण सहितका विरामीलाई ह्वाईटहाउसस्थित आईसोलेसनमा राख्ने व्यवस्था गरिएको छ भने रामलिला मैदानस्थित तालिम केन्द्रमा अक्सिजन सहितको आईसोलेसन केन्द्र सञ्चालनमा छ ।


घर मै आईसोलेसनमा बसेकाहरुलाई सुरुमा सम्पर्क ब्यक्तिले स्वास्थ्य अवस्था बारे जानकारी लिने र पछि पनि समय समयमा परामर्शको काम गर्दै आएको स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले होम आईसोलेसनमा बसेकाहरुको स्वास्थ्य अवस्था बारे समय–समयमा जानकारी लिई आवश्यक परामर्शमा निरन्तर खटिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिइएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *