Monday, May 4सत्यम खबर
Shadow

बाँकेमा अक्सिजन सिलेण्डरको कमी, खरिदतर्फ ध्यान जान जरुरी

नेपालगन्ज, १४ बैशाख – दुई दिन अगाडी ग्यास चाहिएको हो पूर्वमन्त्री ज्यू, सिलेण्डर होईन ! भन्ने शिर्षकमा प्रकाशित समाचारको प्रभावले गर्दा उक्त निर्णय पूर्वमन्त्री ईस्तियाक राईद्वारा सच्चाईएको छ ।


दुईदिन अगाडि प्रकाशित समाचारले तत्कालको लागि अक्सिजन ग्यास र अलि समयभित्रै ग्यास सिलेण्डरको आवश्यकता रहेको हाल देखिन्छ । भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालका अनुसार हाललाई कोरोना बिरामीहरुका लागि चाहिएको अक्सिजन ग्यास हो, सिलेण्डर हामी भेरी अस्पतालमा भएकै प्रयोग गरी समस्या टार्ने छौ भनी भनिएको थियो ।


तर कोरोना संक्रमितहरुको दिनोदिन बढ्दै गएको चापले गर्दा हाल अक्सिजन ग्यास फैक्ट्रीले समेत हामीसित सिलेण्डर छैन भनी हात उठाएको अवस्था देखिन्छ । यसको निकासका लागि केही समय अगाडी मात्र आफ्नो फेसबुक स्टाटसमा बर्दियाका फोकलपर्सन नरेश श्रेष्ठले समेत हाल अक्सिजन सिलेण्डरको अभाव हुने देखियो । कारण अब पालिका स्तरमा आईसोलेसन वार्ड बनाउँदा त्यसमा चाहिएको अक्सिजन ग्यास सिलेण्डर कम्पनीसित छैन । त्यसैले गर्दा अब चाईनाबाट सिलेण्डर ल्याउनुको विकल्प बाहेक थप केही देखिन्न ।


भेरी अस्पतालले हाललाई अक्सिजन उपलब्ध भए समस्या टार्न सक्ने देखिएको भएतापनि उपमहानगरपालिका, पालिका स्तरमा तयार गर्न लागिएको आईसोलेसन वार्डको लागि अक्सिजन ग्यास सिलेण्डरसहित कम्पनीद्वारा उपलब्ध हुन नसक्ने तर्क आईसकेकोले सम्बन्धित सबै पक्षको ध्यान अब उप्रान्त सिडेण्डर ल्याउन तर्फ केन्द्रित हुनुपर्ने कोरोना पीडित आशाराम मौर्य बताउँछन् ।
तत्कालको लागि टेण्डर अव्हान गर्दा १–२ महिना भित्र सिलण्डेर ल्याउने सक्ने अवस्था रहेको हुँदा बेलैमा ध्यान यसतर्फ समेत जान आवश्यक रहेको आम नेपालगन्जबासीहरुको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *