नेपालगन्ज, ५ बैशाख – नेपाल भारत संयुक्त मञ्च भारत पक्षका संयोजक तथा वरिष्ठ पत्रकार विनय श्रीवास्तवको निधन भएको छ । उहाँको निधन भारत उत्तर प्रदेश लखनउमा शनिवार निधन भएको हो ।
उहाँको निधनमा नेपाल भारत संयुक्त मञ्च नेपाल पक्षका संयोजक पूर्ण लाल चुके र भारत पक्षका सचिव मनीराम शर्माले संयुक्त शोक प्रेस विज्ञप्ति जारी गरी स्वर्गीय श्रीवास्तव प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको योगदानको बारेमा चर्चा गर्नु भएको छ ।
स्वर्गीय श्रीवास्तवका सुपुत्र हर्षिद श्रीवास्तवका अनुसार उहाँ अस्वस्थ भएपछि उत्तर प्रदेशको राजधानी लखनउका विभिन्न अस्पतालमा उपचारको लागि लैजादा कुनै पनि अस्पतालले भर्ना गर्न नमाने पछि उपचारकै अभावमा उहाँको निधन भएको हो ।
निधनको केही घण्टा अगाडी स्व. श्रीवास्तवले आफ्नो फेसबूक स्टाटसमा आफ्नो शरीरमा अक्सीजनको लेवल ५० प्रतिशत भन्दा कम देखिएर स्वास्थ्य समस्या भएपछि लखनउका विभिन्न अस्पतालमा जाँदा भर्ना नलिएको र वास्ता नगरेकोमा प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय प्रति आक्रोस पोख्नु भएको थियो । उहाँले के सरकारी अस्पताल ठुलावडा नेताहरुकै लागि मात्र हो ? सर्वसाधारणले स्वास्थ्य सेवा कसरी पाउँछन् त भनि प्रशन गर्नु भएको थियो ।
उपचारको अभावमा श्रीवास्तवको ६५ वर्षको उमेरमा निधन प्रति भारतीय अखवार र आम पत्रकारहरुले रोष व्यक्त गरेका छन् ।
करीब ३५ वर्षसम्म अमर उजाला लगायत विभिन्न राष्टिूय अखरवारहरुमा आवद्ध भई सक्रिय पत्रकारितामा संलग्न श्रीवास्तव नेपाल भारत संयुक्त मञ्चको स्थापनाकालदेखि नै भारत पक्षका संयोजक हुनुहुन्थ्यो । मञ्च र पत्रकारिताको माध्यमबाट नेपाल भारत वीचको सम्बन्धलाई मजवूद गराउन र नेपाली र भारतीय पत्रकारहरु वीच मैत्रीपूर्ण सम्बन्ध विकसित गर्न स्व. श्रीवास्तवको उल्लेखनीय भूमिका रहेको थियो । उहाँको निधनले पत्रकारिताको क्षत्रमा अपुरणीय क्षति भएको छ ।
विज्ञप्तिको अन्त्यमा भनिएको छ– यस दुखद् घडीमा स्वर्गीय श्रीवास्तवको असामयिक निधनमा उहाँ प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिका लागि कामना गर्दछौं । साथै शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गर्दछौं ।