नेपालगन्ज, २२ चैत – आर्य (धोबी ) सेवा समाज बाँकेद्वारा चैत्र २१ गते शनिवार नेपालगन्जमा होली मिलन तथा सहभोज कार्यक्रम सम्पन्न गरिएको छ ।
आर्य (धोबी ) सेवा समाजका अध्यक्ष पवनकुमार कनौजियाको अध्यक्षता तथा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायतले मैनबत्ती बालेर कार्यक्रमको विधिवत रुपमा उद्घाटन गर्नु भएको थियो ।
सो कार्यक्रममा सहभागीहरुलाई पूर्व सहायक प्रमुख जिल्ला अधिकारी तथा समाजका वरिष्ठ सल्लाहकार बसन्तकुमार कनौजियाले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै भाईचारा सम्बन्ध कायम राख्ने भएकोले यो होली मिलन गर्ने परम्परा रही आएको बताउनुभयो ।
कार्यक्रममा बिशिष्ठ अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणा, बिशिष्ठ अतिथि आर्य समाज भारत उत्तर प्रदेशका अध्यक्षका राजकुमार कनौजिया, जसपा बाँकेका उपाध्यक्ष राजन राना मगर, पूर्व सहायक प्रमुख जिल्ला अधिकारी तथा समाजका वरिष्ठ सल्लाहकार बसन्तकुमार कनौजियाले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै भाईचारा सम्बन्ध कायम राख्नका लागी होली मिलन गर्ने गरिन्छ ।
खटिक समाज बाँकेका मोहनलाल सोनकर, साहू समाज समिति बाँकेका अध्यक्ष हंसराम साहू, कसौंधन बैश्य समाज बाँकेका अध्यक्ष तथा नेपालगन्ज उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष नन्दलाल बैश्य, औतार देई चौधराइन प्रतिष्ठानका अध्यक्ष राधेश्याम गुप्ता, हरिजन समाज बाँकेका अगुवा जगदीशप्रसाद हरिजन, नेपालगन्ज उपमहानगरपालिकाका योजना शाखा प्रमुख ब्रज भुषण झाँ, योग समिति नेपालका केन्द्रिय अध्यक्ष गिरिराज भट्टराई, नेपालमगर संघका अध्यक्ष भूपेन्द्र पुनः, वडा नं.–७ का वडाध्यक्ष जुम्मन खाँ, नगर कार्यपालिकाको तर्फबाट मन्जु नेपाली, गुरुद्वारा समितिका उपाध्यक्ष हरपाल सिंह सरदार, नेपाल रेडक्रस सोसाइटी सदरलाइन उपशाखा अध्यक्ष तथा राप्रपा केन्द्रिय सदस्य ओमप्रकाश आजाद, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, जानकी गाउँपालिका कार्यपालिका सदस्य तथा समाजका कोषाध्यक्ष राजकुमार धोबी, जनमत पार्टीका अध्यक्ष रियाज अहमद शेष लगायतले होली मिलनको शुभकामना दिदैं आ–आफना मन्तब्य ब्यक्त गरेका थिए ।
सोही कार्यक्रममा समाजका जेष्ठ नागरिक अगुवा, राष्ट्रसेवक तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायतले सम्मानित ब्यक्तित्वहरुलाई खादा ओढाएर प्रमाण–पत्र सहित सम्मान गर्नु भएको थियो ।
सम्मानित व्यक्तित्वहरुमा पूर्व सहायक प्रमुख जिल्ला अधिकारी तथा समाजका वरिष्ठ सल्लाहकार बसन्त कुमार कनौजिया, नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका सहायक निर्देशक मामराज पथिक, राहुल कनौजिया, वडा नं.–११ का वडा सदस्य माया कनौजिया, वडा नं.–८ का निर्मला कनौजिया, जन कल्याण युवा क्लब नेपालगन्ज वडा नं.–१९ का अध्यक्ष तीरथराम कनौजिया, भेरी अञ्चल अस्पताल नेपालगन्जका पूर्व सहायक लेखापाल स्वामीदयाल कनौजिया, समाजका महासचिव तथा नेपालगन्ज उपमहानगरपालिका नगरकार्यपालिका सदस्य कौशलकुमार धोबी, नेपालगन्ज उद्योग वाणिज्य संघकी मीरा कनौजिया, जानकी गाउँपालिका कार्यपालिका सदस्य राजकुमार धोबी, सर्वेक्षक विजय धोबी, रामगोपाल कनौजिया, राप्रपा केन्द्रिय सदस्य तथा समाजसेवी ओम प्रकाश आजाद, इक्वल एक्सेसका कार्यालय सहायक तथा सञ्चारकर्मी राधेश्याम धोबी, समाजका महतौ गयाप्रसाद धोबी लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागी बक्ताहरुले शिक्षाका लागी आ–आप्mना छोराछोरीलाई स्कूलमा पढानका लागी अवश्य पठाउँ, हरेक ठाउँमा प्रतिनिधित्व हुने गरी सहभागी होऊ भन्नेमा जोड दिनु भएको थियो । अगर शिक्षा छैना भने जीवनमा केही छैन । जसपा बाँकेका सचिव राजेन्द्र विश्वकर्मा, नगर अध्यक्ष श्रवणकुमार यादव लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । होली मिलन कार्यक्रमको सञ्चालन आर्य (धोबी) समाजका महासचिव कौशलकुमार धोबीले गर्नुभएको थियो ।