Wednesday, April 15सत्यम खबर
Shadow

सातवर्षे बालकलाई ‘ब्लड क्यान्सर’, आर्थिक सहयोग गरिदिन परिवारको अपिल

कोहलपुर, १३ चैत – उपचारको लागि १४–१५ लाख लाग्छ । दैनिक किमो गराउन २२ हजार रुपैयाँ लाग्ने गरेको छ । सात वर्षे बालकको ज्यान जोगाउन आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।
हातमा टिफिनको बट्टा, पिठ्युमा झोला अनी स्कूले ड्रेस नलगाएको पनि महिनौ भइसक्यो । अहिले उनको शरिर भरी जीवन बचाउने सुई छन् । एक मुठी प्राण बचाउन किमोको भरमा रोगी जीवन चलिरहेको छ । बाँकेको कोहलपुर वडा नम्बर १३ खड्कवारका डेभिड डाँगी अहिले जीवन र मृत्युको दोसादमा छन् । उनी दुई महिनादेखि ब्लड क्यान्सरका कारण अस्पतालमा थलिएका छन् । डेभिड गोल्डेन फिचर निवुबामा कक्षा २ मा अध्ययनरत छन् ।
फागुन पहिलोसाता तिरको कुरा हो, उनी सधै झै उज्जवल भविष्य निर्माणको लागि विद्यालय गएका थिए । विद्यालयमा गएको बेलामा उनको अनुहारमा एक्कासी समस्या देखिन थाल्यो । उनको अनुहारमा घरि रातो, घरि निलो र घर कालो हुने समस्या देखिन थाल्यो । घरको कान्छो छोरालाई एक्कासी समस्या देखिन थालेपछि डाँगी परिवार आत्तियो हत्तपत्त कोहलपुर ११ स्थित उज्ज्वल मेडिकल हलमा पु¥याइयो । त्यहाँका डाक्टरले केही छिनको परिक्षणपछि कोहलपुर मेडिकल कलेजमा लिन सुझाए ।


पछि कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा लगियो । त्यहाँ लिन वित्तिकै उनलाई शरिरमा रगत चढाइएको थियो । एक पाउण्ड रगत बाहेक अरु रगत शरिरमा चढेन । चारदिनको उपचारपछि अस्पतालले चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रिफर गरिदियो । त्यतिबेलासम्म डेभिडलाई के रोग लागेको थियो । परिवारले केही पनि पत्तो पाउन सकेको थिएन ।
करिब एक महिनाको अत्यासपछि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले डेभिडलाई ब्लड क्यान्सर भएको पुष्टि ग¥यो । आर्थिक रुपमा विपन्न उनको परिवारमा एकाएक कालो बादल मडारियो । डेभिडकी हजुरआमा रामकली डाँगी क्षेत्रीले नातीको उपचारको लागि लाखौँ रकम लाग्ने अस्पतालले जानकारी दिएको बताइन् ।
अहिले चितवनस्थित अस्पतालमा रहेका उनको उपचारको लागि १४–१५ लाख रुपैयाँ लाग्छ । उनले घरको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको भन्दै लाखौँ रकम व्यवस्थापन गर्न धौधो भएको बताइन् । दैनिक किमोको २२ हजार रुपैयाँ लाग्छ । प्रत्येक दिन अन्य औषधिको रकम छुट्टै लाग्ने उनको भनाइ छ ।
उनले एकसाताको अवधीमा मात्रै १ लाख ५ हजार रुपैयाँ खर्च भइसकेको जानकारी दिइन् । ‘नातीको उपचारका लागि दैनिक हजारौ रुपैयाँ लाग्छ । अहिलेसम्म ऋण गरेर भएपनि चलाएका छौ । अब त घरखेत बेच्नु बाहेक अर्को विकल्प छैन । मेरो नातीको ज्यान बचाइदिन अनुरोध गर्दछौ ।’ उनले भनिन् ।
उनका अनुसार नाती बिरामी परेदेखि घरमा धेरै तनाब छ । उनको उपचारको लागि कोहलपुर नगरपालिका र वडा नम्बर १३ ले सिफारिस गरिदिएका छन् । स्थानीय सरकारको सिफारिसपछि उपचारमा दुई लाख जति कम हुने भएपनि दैनिक खर्च जोहो गर्न हैरानी उनको परिवारले भोगिरहेको छ । अहिले उनका बेरोजगार आमाबुबा उपचारको लागि दौडदुप गरिरहेका छन् । परिवारमा आम्दानीको स्रोत केही पनि छैन । उनको परिवार ज्यालादारी गरेर जिविकोपार्जन गर्दै आएको छ ।
उनका बुवा डिलबहादुर डाँगी आमा रितादेवी सम्वाहाम्फे क्षेत्री अहिले चितवनमा उपचार गराइरहेका छन् । उनलाई सहयोग गरिदिनको लागि परिवारले अपिल गरेको छ । उनलाई सहयोग गर्न चाहने महानुभावहरुले चुडामणी ओलीको नाममा रहेको गरिमा विकास बैंक चप्परगौडि शाखा कोहलपुरमा रहेको खाता नम्बर ०७१०१८००८३७८२८००००० मा सहयोग गर्न सकिने परिवारले जनाएको छ । उनलाई लगातार एक वर्ष अस्पतालमा राख्नु पर्ने र ती वर्षसम्म औषधि खुवाइरहनु पर्ने अस्पतालले जनाएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *