Friday, April 17सत्यम खबर
Shadow

प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्य स्मृति प्रतिष्ठानले आयोजना गरेको रंगारंग कार्यक्रम रद्द तर महामुर्ख सम्मेलन हुने

नेपालगन्ज, १२ चैत – प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्य स्मृति प्रतिष्ठानले आयोजना गरेको रंगारंग कार्यक्रम कोरोना संक्रमणको कारण रद्द गरिएको छ । तर महामूर्ख सम्मेलन भने आयोजित हुनेछ ।
यही चैत १५ गते आईतबार दिन प्रतिष्ठानले नेपालगन्ज उद्योग वाणिज्य संघको अगाडी साहित्यकार, कविकार र स्कूलका विद्यार्थी सम्मिलित विविध सांस्कृतिक कार्यक्रमको आयोजन फागु पूर्णिमा (होली) पर्वको अवसरमा दिउँसो २ बजेदेखि आयोजित गर्ने निर्णय गरेको थियो । तर केही समयदेखि कोभिड–१९ को संक्रमण पुनः बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेको अपिलमा सो रंगारंग कार्यक्रमको आयोजन रद्द गरिएको हो ।


चैत १६ गते सोमबार दिन होली पर्वको दिन बिहान नेपालगन्ज उद्योग वाणिज्य संघ अगाडी महामूर्ख सम्मेलनको आयोजना गरिने छ । यस वर्ष महामूर्ख सम्मेलन प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्य स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा हुने भएको छ ।


विगत समय महामूर्ख सम्मेलनका आजीवन संरक्षक राम गोपाल वैश्य रहनु भएको थियो । तर मिति २०७४÷९÷७ शुक्रबार दिन उहाँको देहावसन भएपछि यो महामूर्ख सम्मेलनको आयोजन गर्न सकिएन । यसकारण यस होली पर्वको दिन समाजसेवी विजयलाल वैश्यलाई महामूर्ख सम्मेलनको आजीवन संरक्षक नियुक्त गर्ने तयारी रहेको छ ।
अब हरेक वर्ष वैश्यको नेतृत्वमा नै महामूर्ख सम्मेलनको आयोजना गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *