Monday, April 27सत्यम खबर
Shadow

तीन दिने कार्यशाला गोष्ठि सम्पन्न

नेपालगन्ज, ७ चैत्र – बालविवाह न्यूनिकरण अभियान सञ्चालन सम्बन्धि रणनीती निर्माणका लागि ३ दिने कार्यशाला गोष्ठि शनिबार सम्पन्न भएको छ ।

सामाजिक सचेतना सरोकार मञ्च (स्याक) नेपाल, बाँकेको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा वडा स्तरमा त्यस बारेमा सचेतनात्मक सहजीकरण गरिएको छ ।

बालबिवाह रोकथाम परियोजना अन्तर्गत जानकी गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगन्ज उप–महानगरपालिकामा किशोरी र युवा क्लब लक्षित गर्दै कार्यक्रम गरिएको हो । बाल बिवाह बिरुद्धको अभियानलाई सफल पार्नका लागि नागरिक समाज सञ्जाल, किशोरी क्लब सञ्जाल, बाल क्लब सञ्जाल, प्रहरी, संघ संस्था तथा सबै सरोकारवालाहरु एक जुट भएर कार्ययोजना तयार पार्नका लागि उक्त कार्यशाला गरिएको रविन मल्लले बताउनुभयो ।

मानव बेच विखन विरुद्ध, धारा ऐन सम्बन्धि आदि विषयमा सहजकर्ता रविन मल्लले सहजीकरण गरेका छन् । कोरोना भाइरसको अवस्थालाई मध्ये नजर गरी मापदण्ड अनुसार नै छुटा छुट्टै समुह बनाई २५ जना कशोरीलाई सहभागी गराइएको स्याक नेपाल बाँकेका फिल्ड सुपर भाइजर अकलीम खानले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *