
बिकास पाठक
नेपालगन्ज, ४ चैत – राजनीतिक एजेन्डादेखि लिएर सार्वजनिक सरोकारवालाहरुको भनाईमा समेत विद्यालयलाई शान्ति क्षेत्रको रुपमा राख्नु पर्दछ, विद्यालय भित्र कहिले पनि राजनीतिलाई प्रवेश गर्न दिनु हुँदैन । जस्ता अभिव्यक्तिहरु सुन्न पाईन्छ । तर यहाँ टिक उल्टो भएको पाईन्छ । बाँकेको मुटु भनी चिनिने नेपालगन्ज उपमहानगरपालिका भित्रै वडा नं. १७ को वडा कार्यालय विद्यालय भवन भित्रै रहेको पाईन्छ ।
विद्यालयमा हाल कक्षा १ देखि १० सम्म पढाई हुने गर्दछ । तर स्कुल कै प्रा·णमा वडा कार्यालय भएपछि विद्यालयमा पढने विद्यार्थीहरुको पढाई प्रभावित हुँदै आएको गुनासोलाई समेत दरकिनार गर्दै आएको अभिभावकहरुको गुनासो रहेको छ । विद्यार्र्थीहरुमा नकारात्मक असर समेत पर्दै आएको छ । वडा कार्यालय राखिँदा पठनपाठनमा समस्या भएको छ ।
विद्यालय मै वडा कार्यालय राखिँदा विद्यार्र्थीहरु सास्ती भोग्न बाध्य छन् । यस बिषयमा वडा कार्यालयले अनिवार्य रुपमा कार्यालय खोली सेवाप्रवाह गरिने भएकाले विद्यार्थीहरुले समस्या भोग्दै आएका छन् । वडा कार्यालयमा सेवाग्राहीहरु आउँदा विद्यालय भित्र रहेका विद्यार्र्थीहरुको पठन–पाठनमा समस्या हुने गरेको विद्यालयका शिक्षकहरुको समेत गुनासो रहेको पाईन्छ । पढाइको क्रममा वडा कार्यालयमा सेवाग्राही आउँदा बढी होहल्ला हुने, मानिसहरुको चहल–पहल हुने भएकोले विद्यार्थीहरुको पढाईमा समस्या उत्पन्न हुने विद्यालयका प्रधानाध्यापक नन्दा न्यौपानेले बताउनुभयो ।
दिन कै सेवाग्राही धेरै आउँदा विद्यालयमा अध्ययनरत बालबालिकाको पढाइमा असर पर्ने गरेको छ । उनका अनुसार जोडिए कै भवनमा वडा कार्यालय हुँदा धेरै सेवाग्राही आउँदा हो हल्ला हुन्छ, जसले गर्दा पढाईमा समस्या देखिएको हुँदा वडा कार्यालय अन्यत्र सार्न सुझाव दिए ।
“कहिले काहीँ वडा कार्यालयमा सेवाग्राहीहरु धेरै आउँदा हल्ला पनि बढी हुन्छ । जसले गर्दा अध्ययनरत विद्यार्थीहरुको पढाईमा असर परेको तथा सम्बन्धित पक्ष किन मौन बसेको भन्न बुझ्नै गाहे भएको शिक्षकले गुनासो गर्दै भने– ‘यसरी वडा कार्यालय विद्यालय मै राखिँदा बालबालिकालाई पढ्न समेत अप्ठेरो भएको छ । विभिन्न काम लिएर दैनिक ४० र ५० जनाको संख्यामा सेवाग्राही आउने गरेको’ प्रधानाध्यापक न्यौपानेले दुखेसो पोखे ।
अरु बेलामा खासै असर नपरे पनि धेरै सेवाग्राही आउँदा पढाई प्रभावित हुने गरेको कक्षा ९ मा अध्ययनरत विद्यार्र्थी साम सिद्दिकीले दुःखेसो पोखे ।
‘शिक्षा क्षेत्रको विकास बिना अन्य क्षेत्रको विकासको कल्पना गर्न पनि सकिदैन, शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा शैक्षिक वातावरण पुर्ण रुपमा हुनुपर्ने लगायतको गुनासो राख्दै भने – ‘विद्यालयका शिक्षकले पटक पटक १७ नं. वडाका वडा अध्यक्ष अजय पाठक लगायत विभिन्न संघसंस्था तथा नेता समक्ष अनुरोध गरेपनि कुनै निकायबाट हालसम्म पहल नभएको प्रधानाध्यापक न्यौपानेले बताए । ‘आश्वसन दिन्छन् तर हालसम्म कुनै पहल भएको छैन,’ भने । विद्यालयमा हाल करिव ६ सय विद्यार्र्थी अध्ययनरत छन् ।


