
नेपालगन्ज, २ चैत – बाँके जिल्लाको (आर्या समाज) धोबी बिरादरको एक भेलाले आर्य सेवा समाज बाँकेको अधिवेशन सम्पन्न गरेको छ ।
बाँकेको जानकी गाउँपलिका वार्ड नं.– ३ मानपुर गाँउमा धोबी जाती बिरादर समितिका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरुको उपस्थितमा साधारण सभा सम्पन्न भएको छ ।
निर्वतमान आर्य सेवा समाज बाँकेको तदर्थ समितिलाई नै निरन्तरता दिने निर्णय भएको थियो, भने समितिको सल्लाहकारमा स्वर्गीय बुधाई धोबी स्थानमा उनका कान्छा भाई गयाप्रसाद धोबीलाई नियूतm गरिएको समाजका अध्यक्ष पवनकुमार कनौजियाले जानकारी गराउनु भएको छ ।
समाजका पदाधिकारी तथा सदस्यहरुलाई सहमतिका साथ अगामी वर्षका लागि यसै तदर्थ समितिलाई (बिरादर) को हकहितको संरक्षण र उत्थानका लागी काम गर्ने प्रतिबद्ता ब्यक्त गरिएको समितिका महासचिव कौशलकुमार धोबीले बताउनुभयो ।
यसका साथै आर्य समाज (बिरादर) को उपस्थिति बढाउनका निम्ति चैत २१ गतेका दिन नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–८ महेन्द्र पार्कमा होली मिलन कार्यक्रमको पनि आयोजना गरिएको छ । होली मिलन कार्यक्रममा बाँके र बर्दियामा रहेका सम्पूर्ण धोबी बिरादरको सम्पूर्ण परिवार, राजनितिक दलका प्रतिनिधि सामाजिक कार्यमा अभिरुचि देखाउने ब्यतित्व तथा संचार सस्ंथाका प्रतिनिधिलाई उपस्थितिका लागि अहवान गरिएको छ ।
यसका साथै यस बर्षमा बाँके र बर्दियामा रहेका सम्पूर्ण धोबी बिरादरको परिवारिक अभिलेख संकलन गर्ने, गरिब असहाय परिवारका बालबालिकालाई शिक्षामा पहुँचका लागी जोड तथा बिवाह गर्न असक्ष परिवारलाई बिवाह खर्च जुटाई दिने प्रतिबद्ता ब्यक्त गरिएको कोषाध्यक्ष राजकुमार धोबीले जानकारी गराउनु भएको समाजका राधेश्याम धोबीले जानकारी गराउनुभयो ।

