Sunday, April 26सत्यम खबर
Shadow

उपभोक्ता अधिकार दिवसमा तीन जना सम्मानित

नेपालगन्ज, २ चैत – विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भ पारेर उपभोक्ता सचेतनाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै नेपालगन्जमा सोमबार तीनजनालाई सम्मान गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समिति, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाँकेले अधिवक्ता वशन्त गौतम, पत्रकार अर्जुन वली र एम्मी मिटमार्टका दिपेन्द्रराज श्रेष्ठलाई सम्मान गरिएको हो ।


नेपालगन्ज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष तथा उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणा लगायतले सम्मानपत्र प्रदान गर्नुभयो ।
नेपालगन्ज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समिति, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाँकेको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले उपभोक्ता स्वयम सेचत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख राणाले उपभोक्ता सचेत हुने, उद्योगी ब्यवसायी आफैमा सचेत भएमा महत्वपूर्ण उपलब्धी हुने बताउनुभयो । उपप्रमुख मगरले अनूगमन भन्दा पनि उपभोक्ता सचेतना महत्वपूर्ण भएको भन्दै प्रत्येक नागरिक आफैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, वाणज्य कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल,घरेलु कार्यालयका प्रमुख मोहन सुवेदी, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अव्दुलवाहिद मन्सुरी, बाँके चेम्बर अफ कमर्शका उपाध्यक्ष गोपाल अधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशी, उपभोक्ता हित संरक्षण मञ्चका नगर अध्यक्ष सुरेन्द्र कार्की लगायतले उपभोक्ता अधिकारबारे सचेतनामुलक अभियान चलाउनु पर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *