Sunday, April 26सत्यम खबर
Shadow

नरैनापुर ब्राह्मण समाजमा मिश्र

नरैनापुर, २९ फागुन – पछिल्लो समय बाँकेमा ब्राह्मण समाज सँगठित हुने क्रमले तिब्रता पाएको छ । बिभिन्न गाउँपालिकामा सँगठन बिस्तार गरिसकेको ब्राहमण समाजले आज नरैनापुरमा पनि संगठन बिस्तार गरेको छ ।


नरैनापुरमा भएको समाजको भेलाले लक्ष्मीकान्त मिश्रको अध्यक्षतामा समिति गठन गरेको छ । ब्राह्मण समाज नेपाल बाँकेका जिल्ला अध्यक्ष ढकनाथ सापकोटाको अध्यक्षतामा भएको भेलाले अध्यक्षमा मिश्रलाई चयन गर्दै १३ सदस्यीय कार्य समिति बिस्तार गरेको छ ।
भेलाले समितिको उपाध्यक्षमा सदानन्द मिश्र सचिवमा भोलानाथ पाठक, कोषाध्यक्षमा हरिराम शर्मा र सहसचिवमा जयप्रकास पाठकलाई चयन गरेको छ ।


यस्तैगरि सदस्यहरुमा बुझारथ तिवारी, बिक्रम तिवारी, उदयराज शर्मा, मनोजकुमार शर्मा, प्रमोद मिश्र, राम बलेश्वर तिवारी, नित्यानन्द मिश्र तथा कैलासप्रशाद तिवारीलाई चयन गरेको छ ।
यस्तै गरि समाजको सल्लाहकारमा लक्ष्मणप्रसाद तिवारी, अमृतलाल पाण्डे तथा नन्दकिशोर मिश्रलाई चयन गरिएको अध्यक्ष मिश्रले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *