Thursday, April 30सत्यम खबर
Shadow

फेडामा पुनः निर्मला

नेपालगन्ज, २९ फागुन – दलित महिला संघ (फेडो) बाँकेको चौथो अधिबेशन शुक्रबार नेपालगन्जमा सम्पन्न भएको छ ।
दलित महिला संघ (फेडो) बाँकेकी अध्यक्ष निर्मला सुनारको अध्यक्षतामा भएको अधिबेशनको उद्घाटन सत्रमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले जातिय छुवाछुत सामाजिक सरोकारको बिषय भएको बताइन् ।


समाजमा हुने गरेको जातिय छुवाछुत बिरुद्ध दलित महिला संघ (फेडो) ले पु¥याएको योगदान महत्वपुर्ण रहेको बताउँदै जातिय छुवाछुत बिरुद्ध स्थानीय सरकार प्रतिबद्ध रहेको थापाले बताइन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका मानव अधिकार अधिकृत दिपक थापा, गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाका अरधयक्ष नमस्कार शाह, जिल्ला वार एसोसिएसनका अध्यक्ष जनक शाही, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु, जिल्ला प्रहरी कार्यालय बाँके महिला सेलकी प्रमुख श्यामकुमारी पाइजा, दलित महिला संघ (फेडो) की केन्द्रीय सदस्य तथा बर्दिया शाखाकी अध्यक्ष हिमा सुनार, कमिट नेपालका अध्यक्ष प्रकाश नेपाली, लगायतले बोलेका थिए ।


दलित महिला संघ (फेडो) बाँके शाखाकी सचिब दिलिसा गौतमले सञ्चालन गरेको कार्यक्रममा दलित महिला संघ (फेडो) बाँकेकी टिका बि.क.ले प्रगती तथा लेखा प्रमुख प्रतिभा गुर्तालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा दलित महिला संघ (फेडो) बाँकेकी सदस्य एकता नेपालीले स्वागत गरेकी थिइन् ।


अधिबेशनबाट शाखाको नयाँ कार्य समिति चयन भएको छ । कार्य समितिको अध्यक्षमा निर्मला सुनार, उपाध्यक्षमा दिलिसा गौतम, सचिब एकता नेपाली, कोषाध्यक्षमा ज्ञानु सोनकार निर्बिरोध निर्वाचित भएका छन् । समिति सदस्यहरुमा अञ्जु बि.क., टिका बि.क., अम्बिका परियार, कुशुम बैगार, सुनिता देवी चमार र तुल्सि सुनार सर्बसम्मत चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *