
नेपालगन्ज, २५ फागुन – मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) र नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ को आर्थिक सहयोगमा महिलाहरुलाई लक्षित १० दिने पत्रकार तालिम समापन भएको छ ।
कार्यक्रममा बोल्द नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल शम्सेर राणाले पत्रकारिता पेसालाई ईमान्दार रुपमा अगाडी बढाउन मिसन पत्रकारिताको थालिनी गर्नुपर्ने बताउनुभयो ।
उहाँले पत्रकारिता क्षेत्रमा लागेका महिला पत्रकारको कामको मुल्याङ्कनसंगै प्रोत्साहन गर्ने चलन कमै मात्र भएकोले अब प्रोत्साहन बढाउने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तालिममा सहभागि महिला पत्रकारहरुको क्षमता अभिबृद्ध देखेर हर्षित भएको बताउँदै पत्रकारीता तालिमका लागि आवश्यक सयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तालिमको समापन कार्यक्रममा पत्रकार उदायबहादुर सिहं श्रेष्ठलाई सम्मान गरिएको थियो । पत्रकारीता मार्फत नागरिकको आर्थिक सामाजिक उत्थानका सवालमा निस्वार्थ भावले कलम चलाएको भन्दै मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मेयर डा. राणाले पत्रकार श्रेष्ठलाई प्रमाण पत्र र २ हजार १ सय रुपियाँ नगद राशी सहित सम्मान गर्नु भएको थियो ।
यस्तै तालिमलाई सफल बनाउन आर्थिक सहयोग गर्नु हुने नेपालगन्ज उपहानगरपालिका वडा नं ४ लाई सम्मान गरिएको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले पत्रकारिता तथा सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण अंग भएकाले अनिमियतता रोक्ने कार्यमा पनि उत्तिकै भूमिका रहेको बताउनुभयो ।
युथ टुडेका प्रबन्ध निर्देशक मोहम्मद ज्याउलहकले पत्रकारितामा महिलाको उपस्थितिले महिला अधिकारका मुद्दा उठान गर्न केही न केही सहयोग पुग्ने बताउनुभयो ।
नेपालगन्ज ४ का अध्यक्ष मेहम्मद सफिक बेहनाले महिला पत्रकारको न्यून उपस्थितिले महिला अधिकारको मुद्दा जुन रुपमा उठान हुनुपर्ने हो, त्यो उठान हुन नसकेकोले मुद्दाहरु उठान गर्नका लागि तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले भविष्यमा पनि थप पत्रकारहरु उत्पादन गर्नेतर्फ ध्यान दिने बताउनु भएको थियो ।
यता तालिममा सम्मानित हुनु भएका पत्रकार श्रेष्ठले रैथाने पत्रकारहरुलाई दबाएर बाहिरबाट पलायन भएकाहरुले नेतृत्व लिई रहेकोले संगठित भएर आवाज उठाउन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो हुरीपपले गरेको सम्मानले मलाई थप जिम्मेवारी थपिएकोले मानव अधिकारका सवालहरु मेरो पहिलो प्राथमिकतामा पर्ने जिकिर गर्नु भएको थियो ।
हुरीपपका अध्यक्ष आलम खानले भन्नुभयो– ‘पत्रकारिता अत्यन्तै महत्वपूर्ण र शक्तिशाली पेशा हो । यसको सदुपयोग वा दुरुपयोग, यो शक्ति कसको हितमा प्रयोग गर्ने भन्ने कुरा एक पत्रकारको कलम र बोलीमा निर्भर हुन्छ । अनि उसको बोली र कलम उसको सोचबाट सञ्चालित हुन्छ । महत्वपूर्ण कुरा हो–एक पत्रकारको सोच कसबाट सञ्चालित छ ? एक सञ्चारकर्मीले धेरै पक्षको कुरा बुझ्नुपर्छ, सुन्नुपर्छ, अनुसन्धान गरी तथ्य पत्ता लगाउनुपछ्र्र । उ कसैको नभइ सत्यको पक्षमा उभिइ यो सबै काम गर्नु उसको पहिलो धर्म हो र प्रस्तुतीमा पनि उ पक्षविहीन हुन सक्नुपर्छ । यहिनेर पछाडि पारिएका वर्ग, लिङ्ग, जात, समुदाय, सिमान्तकृत र अल्पसंख्यकको पक्षमा भने पत्रकार उभिन सक्नुपर्छ ।’
पत्रकारितामा आएका वा आउन चाहने हरेकले पत्रकारिताको यो मर्मलाई बुझेर आउनु प¥यो । तलब वा पैसा मात्रै लक्ष्य हो भने कृपया यो पेशामा नआउनुहोला भन्न चाहन्छु । यो पेशामा त अनवरत मिहिनेत, इमान्दारिता र संवेदनशीलताका साथै आँट र साहस पनि चाहिन्छ ।
उहाँले भन्नुभयो आवश्यक शिक्षा, तालिम र सीपका साथै केही गरेर देखाउन चाहने हरेकका लागि यो पेशा उर्वर भूमि हो । यहाँ जति चुनौती त्योभन्दा बढी सम्भावना र त्योभन्दा बढी फरक पार्न सकिने क्षेत्रहरु हरेकको पखाईमा रहेको बताउँदै निष्पक्ष भएर पत्रकारिता गर्न शुभ कामना दिनु भएको थियो ।
१० दिनसम्म चलेको प्रशिक्षणमा १७ जना पत्रकारहरुको सहभागिता रहेको थियो भने क्रियाशील पत्रकार तथा प्राध्यापक डक्टप्रसाद धिताल, गोपी बुढा, प्रहलाद विश्वकर्मा, रामु ओली र आलम खानले सहजीकरण गर्नु भएको थियो । समापन कार्यक्रम वडा सदस्य इन्दीरा शाही, मेनका बैद्य, मिडिया नेपालका केन्द्रीय सदस्य काशी शर्मा, वडासचिव गौरी शाही, राजकुमार कार्की लगायतले शुभ कामना दिनु भएको थियो भने कार्यक्रमको सञ्चालन असलम भाट र प्रेरणा गिरीले गर्नु भएको थियो ।






