
– बिद्रोही
नेपालगन्ज, २२ फागुन – कशौधन वैश्य महिला मञ्चबाट फुट एण्ड फन फेयर कार्यक्रमको आयोजना आज शनिबार गरिएको छ ।
कशौधन वैश्य समाजका अग्रज व्यक्तित्व जगदीश प्रसाद वैश्यले शनिबार दिन सो कार्यक्रमको रिबेन काटी उद्घाटन गर्नु भएको थियो ।
कशौधन वैश्य महिला मञ्चले आयोजना गरेको सो कार्यक्रममा कशौधन वैश्य समाजका गृहणीहरुले कार्यक्रम स्थलमा विभिन्न स्टालहरु अवलोकन गर्नका लागि प्रदर्शनी स्टाल लगाएका थिए ।
यस्तो स्टालहरुमा गेम ट्राई योर ज्यूसर, दही बडा, क्वालिटी क्याफे, निशा डाल एण्ड कुशन हाउस, कटोरी चाट, होम मेड लगायत आकर्षक स्टालहरु लगाइएको थियो ।
सो कार्यक्रममा कशौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्य, पत्रकार भरतकिशोर वैश्य, अजयकुमार गुप्ता, सन्तोषकुमार गुप्ता, सोनाली गुप्ता, सन्तोषकुमार वैश्य, अमूल्य गुप्ता र मानव अधिकारवादी कृष्णा पाण्डेलगायतको उपस्थिति रहेको थियो ।



