
कोहलपुर, १९ फागुन – यही फागुन २२ गते कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागी हुन गईरहेको निर्वाचनमा बिष्णुप्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानललाई बिजयी गराउनका व्यवसायी भेटघाट अभियानलाई जारी राखिएको छ ।
खनाल नेतृत्वको समुहले संघको स्थपना कालदेखी हालसम्म अनवरत काम गरेको नेतृत्वलाई बिजयी गराउन अपिल गरेको छ । खनाल नेतृत्वको टोलीले कोहलपुर ११ दश बिगाह, कोहलपुर बजर क्षेत्रमा व्यवसायीसँग भेटघाट गरेको महासचिव पदका उम्मेदवार नबिन खड्काले जानकारी दिए । व्यवसायीहरुले कोहलपुरको व्यावसयसँग परिचित नेतृत्व बिण्णु खनाललाई बिजयी गराउने प्रतिबद्धता जनाएको महासचिव पदका उम्मेदवार खड्काले बताए । उनका अनुसार १० बिगाह क्षेत्रमा प्रहरीको बिभिन्न खाले दमन हुने गरेको तथा हस्पिटल क्षेत्र भएकाले २४ धन्टा व्यवसाया गर्ने बातावरण हुनुपर्ने माग गरे ।
अध्यक्ष पदका उम्मेदवार बिष्णुप्रसाद खनालले कोहलपुर क्षेत्रको उद्योग व्यवसायलाई संरक्षण र संर्वद्धन गर्न, कोहलपुरलाई औद्योगिक करिडोरका रुपमा विकास गर्न र लघु तथा घरेलु उद्योगहरुको प्रवद्र्धन गर्न आफ्नो नेतृत्वमा मात्रै सम्भव भएको बताए । उनले आफु संस्थापक सदस्य भएका नेताले व्यवसायीका सबैखाले समस्या समाधान गर्न सझम हुने बताए ।
अध्यक्षका उम्मेदवार खनालले आफ्नो टिममा सस्थापनदेखी उर्जावान सबैखाले व्यवसायीको सहभागिता रहेकाले आफ्नो सम्पुर्ण टिमको जित हुने खनालले बताए । व्यवसायीको नेतृत्व परिपक्व र जुझारु हुनुपर्ने बताउदै खनालले हाल प्यानलगत रुपमा चुनावमा होमिएपनि बिजयीपछि व्यवसायीक एकतालाई बिशेष ध्यान दिएर सबैको मन जित्ने बताए । उनले आफ्नो कार्यकाल कोहलपुर उद्योग बाणिज्य संघको स्वर्णीम काल हुने समेत दाबि गरे ।
यसैबिच आजै कोहलपुरका महिला उद्यमीहरुले खनाल नेतृत्वको प्यानललाई बिजयी गराउन कोहलपुर नगरपालिका ३ र ४ मा व्यवसायीक भेटघाट कार्यक्रम गरेका छन् । घरेलु महासंघ बाँकेकी अध्यक्ष मधु खड्काको नेतृत्वमा रहेका महिला उद्यमीहरुले ब्यवसायीक हक, हित र एकताकालागि साझा समाबेसी व्यवसायी प्यानललाई विजयी गराउन आग्रह समेत गरेका थिए ।
बिष्णु खनाल नेतृत्वको प्यानलबाट सदस्य पदमा सदस्यहरुमा पुन्यप्रसाद तिवारी, अर्जुन सुवेदी, बेदराम घिमिरे, महेश खतिवडा, जगत रामदाम, गोपालप्रसाद अधिकारी, ओम प्रकाश चापाचाई, गंगा भण्डारी, विकाश बुढाथोकी, ओपेन्द्रनाथ योगी, महिला सदस्यमा कमला खड्का र अम्बिका आचार्य रहेका छन् भने एशोसियट सदस्यमा पुष्पराज न्यौपानेले र बस्तुगत तर्फ टंक बस्यालले उम्मेद्वारी दर्ता गराएका छन् ।

