Tuesday, April 28सत्यम खबर
Shadow

न्यायका लागि प्रशासनको ध्यानाकर्षण

नेपालगन्ज १९ फागुन – नेपालगन्जका पीडित किशोरीको न्यायका लागि बाँके प्रशासनको ध्यानाकर्षण गराइएको छ । नेपालगन्ज फुल्टेक्रा निवासी एक किशोरी विद्यालय जाने क्रममा जर्वरजस्ती करणी गर्न खोज्दा किशोरीले नमानेपछि निर्मम कुटपिट गरि हत्याको प्रयास गरिएको थियो ।


सो घटना भएको करिब एक महिना बित्न लाग्दा र अपराधीको पहिचान भएपनि अहिलेसम्म पक्राउ नगरिएको भन्दै बाँकेमा अहिले नागरिक अगुवा लगायत सबै क्षेत्रले दबाब दिंदै आएको छ ।
दबाब र घटनाका दोषीलाई कारवाहीको माग गर्दै नेपालगन्जको त्रिभुवन चोकमा दैनिक मैनवत्ती बालेर विरोध भइरहेको छ । यसैक्रममा सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी नेतृत्व नागरिक समाजको टोलीले प्रमुख जिल्ला अधिकारी रामबहादुुर कुरुम्वांग समक्ष ज्ञापनपत्र बुझाएको छ ।
नेपालको संविधानले हरेक नागरिक स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकार अन्तर्गत त्यसको कार्यान्वयन गर्न गराउन, स्थानीय नागरिकलाई सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, बालबालिका तथा विद्यार्थीहरुका लागि सुरक्षाको व्यवस्था लगायत मांग राख्दै उक्त ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी कुरुम्बांगले त्यो घटनाका आरोपी भारततर्फ फरार भएकोले खोजी कार्य तिब्र पारिएको भन्दै पक्राउ पर्ने बित्तिकै कारवाही प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *