Sunday, April 26सत्यम खबर
Shadow

अपराधी पक्राउ गर्ने मांगसहित र्विधार्थीहरूद्वारा सडक नाटक

नेपालगन्ज, १८ फागुन – विगतदेखि वर्तमानसम्म बाँके जिल्लालगायत देश भित्र महिलाहरू माथि भएका अपराधिक घटनाहरूमा अपराधी पक्राउ गर्ने मागसहित नेपालगन्जमा विधार्थीहरूले सडक नाटक प्रदर्शन गरेका छन् ।

नेपालगन्जमा केही दिन अगाडि विधालय परिसरबाट एक छात्रालाई चाकुकाे डर देखाई हाेटल भित्र भएकाे अमानवीय कृत्यकाे प्रत्यक्ष चित्रणसहित नारायण माध्यमिक विधालयका विधार्थीहरूले आज मंगलबार विराेध प्रदर्शन गरेका छन् ।

नेपालगन्जकाे बिपि चाैकमा प्रदर्शन गरिएकाे विराेधमा पीडित छात्राले हालसम्म न्याय नपाएकाे, अपराध गरि अपराधी फरार रहेकाेप्रति विधार्थीहरूले राेश प्रकट गर्दै विधालय आउन-जान सहज र सुरक्षित वातावरण बनाउन, लैङ्गिक हिंसा बन्द गर्न तथा दोषीलाई पक्राउ गर्न सम्बन्धित पक्षकाे ध्यान केन्द्रित हाेस भनी मांग गर्दै बिराेध प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *