Sunday, April 26सत्यम खबर
Shadow

आज तपाईँको दिन कत्तिको लाभदायी होला ? हेर्नुस् राशीफल

२०७७ फाल्गुण, १८ मंगलवागवार
वि.सं. २०७७ फाल्गुन १८ गते मङ्गलवार, फाल्गुन कृष्ण (सिल्लागा) तृतीया, हस्ता नक्षत्र, कन्या राशिको चन्द्रमा, गण्ड योग, विष्टि (भद्रा) र बब करण, प्रमादी संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, आज : अंगारकी संकष्टी श्री गणेश चतुर्थी व्रत, माझी समुदायको लदी पूजा, भद्रा करण बिहान ०९.०२ बजेसम्म ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चुनौती र समस्या झेल्दै आर्थिक उपार्जन गर्न सकिने मध्यम खालको दिन छ । प्रयास गर्न सके व्यापार व्यवसाय र साझेदारीबाट राम्रो प्रतिफल लिन सकिनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। वैदेशिक प्रयोजनको र लामो दुरीको यात्राका लागि प्रयास हुनेछ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन सुखसुविधा बढाउन भन्दा साख बढाउन प्रयास गर्नु राम्रो हुनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सानो प्रयासले नचिताएको काम बन्नेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार व्यवसायमा सोचेजस्तै लाभ लिन सकिने छ । परिश्रम गरेको कामबाट लाभ प्राप्त हुनेछ । चिताएको काम बन्नेछ तर पनि जिद्दीपना त्याग्नु राम्रो हुन्छ । पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानीमा कमि आउने छैन । व्यापारिक र दैनिक कामहरु सन्तोषजक रुपमा सम्पन्न हुनेछ । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि समय सन्तोषजक रहेको छ । अरुका भलाइका लागि दौडधूप गर्नुपर्ला । चिताएका काम सम्पादन हुनेछन्। परिश्रमअनुसार राम्रो परिणाम प्राप्त हुनेछ। मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नसोचेको ठाउँबाट धनागमको संकेत छ । सेयर कारोबार वा स्थिर सम्पत्तिको लागि लगानीको वातावरण बन्नेछ । व्यापार व्यवसायमा राम्रै छ । घरायासी प्रयोजनमा वस्त्र, अलंकार आदि खरिद गर्न धन र्ख हुने दिन हो । सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ।  मिहिनेतले आम्दानी बढ्नेछ। व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने मौका छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धन सम्पत्तिसम्बद्ध चिन्ताले सताउनेछ । आम्दानीमा बृद्धि हुनेछ तर महत्वाकांक्षा बढ्नाले सन्तुष्टि भने नमिल्न सक्छ । ज्ञान आर्जन र सीप सिक्न खर्च गरेको धन खेर जाँदैन । नयाँ आर्थिक स्रोतहरु पत्ता लाग्नेछ । कमाएको धन सञ्चिन हुनेछ । मिहिनेत गर्दा पछिका लागि काम गर्न सकिनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । यद्यपि आज आर्थिक समस्या समाधान गर्ने उपाय देखापर्नेछ । ठूलो महत्वाकांक्षा राखेर धन लगानी गर्नु राम्रो हुनेछैन । विदेश यात्राको योजनामा हुनुहुन्छ भने आजको दिन अनुकूल रहेको छ । कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ। सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लाभमूलक काममा मनको आकर्षण रहनेछ  । सेयर कारोबार वा घरघडेरीमा लगानी गर्ने हो भने फाइदा हुनसक्छ । कलकारखाना र व्यापार व्यवसायमा फाइदा हुनेछ । लाभदायक यात्राको सम्भावना नकार्न सकिदैन । श्रमको उच्च मूल्यांकन हुनेछ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्नुका साथै पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्थिर सम्पत्ति, जग्गा जमिन वा सेयरको कारोबारबाट फाइदा लिन सकिने राम्रो दिन छ । आज कर्मसिद्धीको समय हो । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन । मिहिनेत गरेअनुसार आम्दानी बढाउन सकिनेछ  । दाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिश्रम गरेभन्दा राम्रो परिणाम प्राप्त हुने सम्भावना रहेको छ । सामाजिक र परोपकारी विचार आउन सक्छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । कामको दायित्व बढ्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज विचारै नगरी फ्याट्ट नबोल्नु होला र कुनै पनि कागजपत्रमा नपढी हस्ताक्षर नगर्नु होला । धन बढाउन गरिएको प्रयास सफल हुनेछ । ऋण उठाउन वा फसेको धन उकास्ने समय छ । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानीमा कमी हुनेछैन । साझेदारीमा गरिएको कारोबारले फाइदा दिलाउनेछ । घरायासी काममा समय र धन खर्च हुनेछ । भोगविलाससँग सम्बन्धित सामग्रीको किनमेल हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। विगतका कमजोरी सुधार गर्ने मौका छ। घरमा सुख र समृद्धिको आगमन हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न पनि सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *