Thursday, November 21सत्यम खबर
Shadow

बैज्ञानिक महाबिर पुनलाई ब्रिटिस स्कुलको सहयोग

बाँके फागुन ८ गते । वैज्ञानिक क्षेत्रमा खोज अनुशन्धान गर्ने स्वदेशी विद्यार्थीलाई सहयोग गर्ने उद्धेश्यका साथ राष्ट्रिय आविस्कार केन्द्र खोलेको भन्दै विद्यार्थीहरुलाई निकै प्रेणादायी बिचार बैज्ञानिक पुनले राखेका थिए। विदेशमा उच्च ज्ञान हासिल गरेका विदेशको आकर्षक जागिर सुख सयल सबैलाई लत्याएर विदेशमा आर्जेको ज्ञानलाई देश विकाशमा उपयोग गरौ भनी देश फर्केर पनि आबिस्कार केन्द्र स्थापनाका लागि निरन्तर लागिरहेका प्रसिद्ध अवार्ड म्यागासेस बिजेता हाल राष्ट्रिय आबिष्कार केन्द्रका अध्यक्ष डा.महाबिर पुनलाई ब्रिटिस ईंग्लिश स्कुल नेपालगन्जले सहयोग गरेको छ।

बिधालयको अनुरोधमा महाबिर पुन बिधालय पुगेका थिए महाबिर पुनलाई देख्दा विद्यार्थीहरुले थपडी बजाई भब्य स्वागत गरेका थिए र विद्यार्थीहरु चकित परेका थिए । महाबिर पुनले आफ्नो आबिस्कार केन्द्रका बारेमा र विद्यार्थीहरुलाई पढाईका साथा साथै आफू भित्र रहेको प्रतिभा लाई आफैले चिन्ने कोसिस गर्ने र बिधालयका शिक्षकहरुलाई देखाई प्रतिभालाई अनुसन्धान गरि अगाडि बढ्न अनुरोध गरे र विद्यार्थीलाई बिबिध ज्ञानको बारेमा जानकारी दिएका थिए । बिधालय संचालक समितिका अध्यक्ष निरज शाह , प्रधानाध्यापक हेमन्त राज काफले , सस्थापक बिमल प्रधान र सस्थापक बिजय श्रेष्ठले संयुक्त रुपमा ब्रिटिस स्कुलको तर्फबाट अनुसंधान केन्द्रलाई दस हजार सहयोग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *