
काठमाडौं, १७ फागुन – राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन् ।
सरकारले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वानका लागि सिफारिस गरेको थियो ।
संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने बताइएको छ ।

