Friday, November 22सत्यम खबर
Shadow

प्रेस संगठन नेपालको ८ बुँदे राप्तीसोनारी घोषणा पत्र जारी, पत्रमा स्व. राम गोपाल बैश्यको शालिक सहित चौक निर्माण गर्नुपर्ने माग

राप्तीसोनारी, १५ फागुन – प्र्रेस संगठन नेपालले ८ बुँदे राप्तीसोनारी धोषणा–पत्र जारी गरी प्रेस स्वतन्त्रता सेनानी स्व.श्री राम गोपाल बैश्यको शालिक सहितको चौक नेपालगन्जको उपयुक्त स्थानमा स्थापना गर्नुपर्ने मांग सरकारसँग गरेको छ ।
आज शनिवार बाँकेको राप्तीसोनारी गाउँपालिका स्थिति अगैयामा संगठनद्वारा आयोजित शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा ८ बुँदे राप्तीसोनारी घोषणा–पत्र जारी गरी बिभिन्न मागहरु सरकार समक्ष राखेको छ ।


जारी माग पत्रमा–कोरोनाको कारण साना लगानीका मिडिया धरासायी हुने अवस्थामा पुगेका कारण श्रमजीवी पत्रकारको पेशा नै धरापमा पर्न गएकाले पत्रकारिता क्षेत्रका लागि अनुदान, लेखन बृत्ति र क्षमताबृद्धिका कार्यक्रम संचालन गर्नु पर्ने माग गरेको छ ।
त्यस्तै नै पत्रकार परिचय–पत्र उपलब्ध गराउन, नविकरण गर्न र लोक कल्याणकारी बिज्ञापन वापतको रकम भुक्तानी गर्ने परियोजनका लागि जिल्ला हुलाक कार्यालयलाई पुर्ण रुपमा अख्तियारी दिनु पर्ने, सवै प्रकारका मिडियालाई समानुपातिक बिज्ञापन उपलब्ध गराउन स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग माग गरेको छ ।


त्यस्तै नै लकडाउनका कारण समय मै बिल उपलब्ध गराउन नसक्दा लोक कल्याणकारीका भुक्तानी नपाएका मिडियालाई रकम उपलब्ध गराउनु पर्ने, सत्ताधारी दल र राज्यका निकायबाट कुनै पनि बहानामा हुने प्रेस स्वतन्त्रता बिरोधी गतिबिधी अविलम्ब बन्द गरिनु पर्ने, सिक्टा सिंचाई आयोजनालाई समय मै सम्पन्न गर्न र सिक्टा सिंचाईको मुल बांधस्थललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नु पर्ने र थारु आदिवासी जनजाति, मधेशी र मुस्लिम संग्राहलय बाँकेमा स्थापना गर्नुपर्ने माग गरेको छ ।
प्रेस संगठन नेपालका अध्यक्ष डक्टप्रसाद धितालको अध्यक्षतामा भएको सो कार्यक्रममा ३७ जना पत्रकारलाई शपथ ग्रहण गराईएको थियो र उनीहरुलाई संगठन सम्बन्धमा प्रशिक्षण समेत दिएको थियो ।


उक्त कार्यक्रममा बोल्दै सांसद महेश्वर गहतराज “अथक”ले भने मुलुक अहिले ठूलो दुर्घटनाबाट जोगिएको छ । पत्रकारहरुले प्रधानमन्त्रीको असंबैधानिक अलोकतान्त्रिक कदमको बिरुद्धमा कलम चलाउँदा प्रतिगमन र निरंकुशता पराजित भएको छ र लोकतन्त्रको जीत भएको छ ।
अहिले सर्बोच्च अदालतको फैसलाको कारण संकट केही हटेको छ तर अहिले पनि बालुवाटारबाट प्रधानमन्त्री ओली सांसद खरिद गर्ने षडयन्त्रमा लागेका छन । प्रदेश सभासद आई.पी खरेलले केपी ओली नैतिकता विहिन प्रधानमन्त्री छन्, सर्वोच्चको फैसला आएपछि उनीले आफ्नो पदबाट राजीनामा दिनु पर्दथ्यो तर उनी अहिले पनि यो गर्छु त्यो गर्छु धम्की दिंदैै हिडेका छन् ।
उक्त कार्यक्रममा शिव सुनार, शंकर खनाल, अजयकुमार गुप्ता, मान सिह बि.क.लगायतले आ–आफ्नो धारणाहरु राखेका थिए । कार्यक्रममा नेकपाका युवा नेता आदेशकुमार अग्रवाल, पत्रकार सिराजुद्दीन खान, चन्द्रेश्वरराज त्रिपाठीलगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *