Sunday, April 26सत्यम खबर
Shadow

घर घरमा जेष्ठ नागरिकलाई दोस्रो चौमासिक भत्ता वितरण शुरु

डुडुवा, १५ फागुन – बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता वितरण शुरु गरेको छ । नयाँ आर्थिक बर्ष २०७७÷०७८ को दोस्रो चौमासिक अन्तर्गत मंसिरदेखि फागुनसम्मको भत्ता वितरण गर्न थालिएको छ ।
गाउँपालिकाको ६ वटै वडामा शुक्रबारदेखि भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वार्ड नं. २ कोलही गाउँका जेष्ठ नागरिक सतगुर सरन कुर्मीलाई भत्ता वापतको रकम हस्तान्तरण गर्दै शुभारम्भ गर्नुभयो । त्यस अवसरमा बोल्दै उहाँले गाउँपालिकाले विगतदेखि नै जेष्ठ नागरिकको सम्मान गर्दै घर घरमा पुगेर रकम वितरण गर्दै आएको बताउनुभयो । अध्यक्ष चौधरीले आशिंक अपांगता भएकाहरुलाई आर्थिक सहयोग गाउँपालिकाले आफनै स्रोतबाट उपलब्ध गराएको भन्दै जेष्ठ नागरिकको पुर्ण रुपमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको जानकारी गराउनुभयो ।


गाउँपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै घर घरमा पुगेर भत्ता वितरण गरिरहेको छ । प्रत्येक वडामा कर्मचारीलाई खटाएर घरदैलोमा पुगेर भत्ता वितरण गरिरहेको वडा नंं २ का सचिव शिवकुमार मौर्यले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको ६ वटै वडामा जेष्ठ नागरिक, बालबालिका, दलित, अपांग, एकल महिला, विधुवा गरि तीन हजार नौ सय ७३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।


७० वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना रु तीन हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना रु दुई हजार, पुर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना रु तीन हजार, अपांगता भएका व्यक्ती (ख) वर्गलाई प्रतिमहिना रु एक हजार छ सय, जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना रु चार सयका दरले रकम वितरण गरिने गाउँपालिकाका एमआइएस अपरेटर कौशलकुमार कैरातीले जानकारी दिनुभयो ।


यसैगरि अपांगता भएका व्यक्ती (ग) वर्गलाई प्रतिमहिना रु पाँच सय र (घ) वर्गलाई रु चार सय प्रतिमहिनाका दरले गाउँपालिकाले आफरनै स्रोतबाट वितरण गरिरहेको छ । कोरोना संक्रमणको महामारीका बेला कर्मचारीहरुले स्वास्थ्य सुरक्षा र भौतिक दुरी कायम गरि घरदेलो अभियान अन्र्तगत रकम वितरण गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *