Sunday, April 26सत्यम खबर
Shadow

न्यायको लागि कैण्डिल मार्च (फोटो फिचरसहित)

नेपालगन्ज, १४ फागुन – फुल्टेक्रा स्थित रहेको एक सामुदायिक विद्यालयकी छात्रालाई न्यायको माग गर्दै शिक्षक महासंघ बाँकेको अगुवाईमा शिक्षकहरुले न्यासको माग गर्दै त्रिभुवन चौकमा कैण्डिल मार्गसहित बिरोध प्रदर्शन गरेका छन् ।


केही समय अगाडी विद्यालय क्षेत्रबाट चाकुको डर देखाई बसपार्क स्थित होटलमा लगि बलात्कार गर्ने प्रयास असफल भएपछि हत्या गर्ने गरी छात्रामाथि गरिएको कुटपिटमा किटानी जाहेरी सम्बन्धित पीडित पक्षले दर्ता गरि १५ दिनभन्दा माथि हुँदा समेत दोषी फरार रहेको तथा दोषीलाई कडाभन्दा कडा कानुनी कारवाहीको माग गर्दै शिक्षक महासंघ बाँकेको अगुवाईमा नेपालगन्जको त्रिभुवन चौकमा बिरोध प्रदर्शन गरिएको शिक्षक संघ बाँके अध्यक्ष बिरेन्द्र यादवले बताउनुभयो ।


त्रिभुवन चौकमा विगत ७ दिन देखि महिला हिंसा बन्द गर मांग, दोषीलाई पक्राउ गर जस्तो नारासहित नेपालगन्जको मुटु त्रिभुवन चौकमा राप्रपामा युवा संघ, कशौंधन वैश्य, शिक्षक महासंघ बाँके, नेपाल शिक्षक संघ बाँकेलगायत संस्थाहरुले बिरोध प्रदर्शन गर्दै आईरहेका छन् ।


शिक्षक महासंघका महिला प्रदेश सदस्य मीना चन्दका अनुसार अपराधीलाई तुरुन्त पक्राउ गरी सार्वजनिक गर्न नगर्दासम्म अन्य विद्यालयका छात्राहरुमा समेत डारत्रासको अवस्था रहेको हुँदा छिटोभन्दा छिटो अपराधीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सम्बन्धित पक्षको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।


विहिबार प्रदर्शन गरिएको बिरोध कार्यक्रममा शिक्षक महासंघ बाँकेका अध्यक्ष पवनकुमार यादव, उपाध्यक्ष प्रकाश आचार्य, शिक्षक महासंघका महिला प्रदेश सदस्य मिना चन्द, केन्द्रिय सदस्य दोर्ण ओलीलगायतको सहभागिता बिरोध प्रदर्शन कार्यक्रममा रहेको नेपाल शिक्षक संघ बाँके अध्यक्ष यादवले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *