Sunday, April 26सत्यम खबर
Shadow

महिला हिंसा बन्द गर माँगसहित कशाैंधन समाजले गर्याे बिराेध प्रदर्शन

नेपालगन्ज, १२ फागुन – महिला हिंसा बन्द गर मांगसहित आज बुधबार नेपालगन्जकाे मुटु त्रिभुवन चाैकमा कशाैंधन वैश्य समाजले बिराेध प्रदर्शन गरेकाे छ ।

कशाैंधन वैश्य समाज महिला मञ्च र मूल समिति युवा समाजकाे आयाेजनामा किन्नुराम काशीराम पञ्चायती धर्मशालाबाट कैण्डिल मर्च निकाल्दै त्रिभुवन चाैक पुगि बिराेध प्रदर्शन गरेकाे छ ।

बिराेध प्रदर्शनमा बाेल्दै मानव अधिकारवादी तथा अधिवक्ता प्रहलादबहादुर कार्कीले भने- “देशमा कानुन छ तर कानुनी राज्य छैन, जसकाे कारण महिला वर्ग दैनिक बलात्कृत भई रहेकी छन् । उनीमाथि हिंसा भएकाे छ, यस्ताे कार्य अहिले असाहनीय बनेपछि हामी बिराेधमा उत्रन बाध्य भएकाेकाे बताए ।

हामी ५ दिनदेखि यस्ताे कार्यक्रमकाे आयाेजना गर्दै आईरहेका छाैं बताउँदै कशाैंधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले भने महिला माथि याैन दुव्यर्वहार गर्ने व्यक्तिकाे कुनै जाति धर्म हुँदैन, उनी काेही पनि हुन सक्छन भन्दै अगाडि भने त्यस्ताहरू माथि कडा सजाय हुनुपर्छ । भर्खरै याैन दुव्यर्वहार गरि भारततर्फ गएका हुन सक्छन् । अपराधीलाई कानुनकाे दायरामा ल्याई कडा कानुनी कारवाही दिलाउन सक्नुपर्दछ ।

बिराेध प्रदर्शन कार्यक्रममा कशाैंधन युवा मञ्चका अध्यक्ष अमुल गुप्ता, अधिवक्ता विश्वजीत तिवारी लगायतले महिला हिंसा बन्द गर्न आ-आफ्नाे भनाई राखेका थिए ।

बिराेध प्रदर्शनलाई अपराधी पक्राउ नपरेसम्म निरन्तरता दिने जानकारी गराउँदै कशाैंधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले बिहिवार पनि साँझ ६ बजे बिराेध प्रदर्शन गरिने र सहभागिताकाे लागि सबै उपमहानगरबासीलाई सहभागी हुन अनुराेध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *