Monday, May 4सत्यम खबर
Shadow

शुल्क असुलीमा नं. १ को तकमा सिद्धार्थ विद्या सदनलाई !

नेपालगन्ज, १० फागुन – नेपालगन्ज उपमहानगरपालिका भित्र हाल बोर्डिंंङ्ग स्कूलहरुमा चर्को शुल्क उठाउनमा ‘कोभन्दा को कम’ भन्दै जुहारी नै चलेको पाईन्छ । जस मध्ये धेरै जसो घटनाहरु विद्यालयको हाता भित्रै मिलाउने गरिन्छ भने छिटपुट घटनाहरु बाहिर आउने गरेका छन् ।
विगत केही दिन अगाडी यस्तै एउटा घटना फुल्टेक्रा स्थित हडियाबाबा आश्रम मार्ग नजिक रहेको क्रिशटल ईग्लिस बोर्डिङ्गमा मिलाईएको थियो । जसमा अभिभावकको गुनासो थियो बच्चा पढ्न नगएपनि विद्यालयबाट वार्षिक शुल्क, परीक्षा शुल्क, ट्युशन शुल्क लगायत गरी मोटो रकमको बिल अभिभावक कहाँ पठाएर शुल्क लिने प्रयास गरेको हुँदा वडाअध्यक्ष समिरप्रताप सिंह मार्फत मिलाइएको थियो ।


त्यस बेला पनि शिक्षा नियमावली र उपमहानगरपालिका शिक्षा शाखा मार्फत जारी निर्देशन बमोजिम शुल्क उठाउने गरेको भनाई सम्बन्धित विद्यालयका जिम्मेवार पक्षहरुले राखेका थिए ।
यसगरी, सिद्धार्थ विद्या सदन ईग्लिस मिडियम हाई स्कूलका अभिभावकहरुले समेत चर्को शुल्क असुलेको गुनासो गरेका छन् । नाम नआउने शर्तमा एकजना अभिभावकले ‘विद्यार्थीहरु पढाईमा जिरो भएपनि विद्यालय शुल्क असुलीमा नं. १ कै तकमा लगाउने जस्तो छ’ भनी बताएका छन् ।
अभिभावकले भने– ‘विद्यार्थी नेपालगन्जमा पढाउने तर बच्चाले लगाउने कपडादेखि स्टेशनरीसम्म खरीद रुपैडिहाबाट गर्ने गरेको पाईन्छ ।’ उनले भने ‘सेटिङ्ग गरी त्यसबाट केही प्रतिशत विद्यालयलाई समेत आउने भएकै हुँदा हामीलाई रुपैडिहामा आउट ड्रेस किन्न विद्यालयले पठाउने गरेको आरोप लगाउँदै’ अगाडी थपे ‘मैले मेरो बच्चाको कापी, कोट, टोपीलगायतको सामान रुपैडिहाबाट खरीद गर्दै आईरहेको’ बताए ।


यस बारे सिद्धार्थ विद्या सदनका शिक्षक रामलखन बढ्हीबाट जानकारी माग्दा उहाँले भन्नुभयो– ‘हामीले शिक्षा शाखाबाट तोके बमोजिम नै शुल्क लिनेको गरेको र आउट ड्रेेस खरीद गर्न अभिभावकलाई रुपैडिहा पठाउने गरेको’ बताउँछन् ।
फोन सम्पर्कमा थप जानकारी गराउने क्रममा शिक्षक बढ्हीले शाखा निर्देशन बमोजिम वार्षिक शुल्क आदि लिने गरेको र हाल विद्यालयमा ३ सय ७५ विद्यार्थी रहेको जानकारी गराउनुभयो ।
यस बारे सिद्धार्थ विद्या सदनका शिक्षक प्रविण गिरीले धम्कीपूर्ण शब्दको प्रयोग गर्दै भने– ‘हामीलाई थाहा छ, तपाई कसबाट परिचालित हो, मलाई त्यो भन्नु पर्दैन्, मलाई सिकाउनु पर्दैन, मैले कहाँबाट सामान खरीद गर्ने मेरो अधिकारको कुरा हो, तपाई जे लेख्नु हुन्छ, लेख्नुस् केही फरक पर्दैन ।’


यसगरी चर्को शुल्क असुलीको मारबाट पीडित एक अभिभावकले आफ्नो बच्चाको फि तिरेको बिल समेत देखाउँदै भने– ‘होईन हामी गरीबहरुको लागि कोही छैन्, बच्चाको भविष्यको नाममा सिध्दर्थ विद्या सदनले हामीलाई लुट्ने गरेको छ,’ बिल मै १० हजार उल्लेख भएको रकम बारे विद्यालयले के जवाफ दिन्छ आम अभिभावकले आफै सोच्नु पर्ने बेला आएको छ ।
विद्यालयमा व्यवसायिकीकरण भएको अवस्थामा आम सर्वसाधारणहरुले आफ्नो बच्चाको भविष्य उज्वल होस् भनी राम्रो विद्यालय छनौट गर्ने प्रतिस्पर्धा रहेको छ भने त्यसमाथि आर्थिक असुलीमा कोभन्दा को कम भन्ने अर्को तर्क छ ।
यस बारे सम्बन्धित पक्षहरुको समेत मिलेमतो हुनुपर्ने आरोप लगाउँदै अभिभावकले भने होईन भने विद्यालयले पटक–पटक शिक्षा शाखाको निर्देशन मै शुल्क उठाइएको भनाई किन राख्छन् ? भनी प्रश्न समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *