Sunday, April 26सत्यम खबर
Shadow

बढैयतालले सुशासन निति कार्यान्वयनमा ल्याउँदै

नेपालगन्ज, ६ फागुन । बर्दियाको बढैयाताल गाउँपालिकाले सुशासन निति २०७७ निर्माण गरि कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकालाई सुशासनका क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्न निति निर्माण गरिएको हो ।
सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले स्थानीय तहमा सूचनाको हक, सुशासन र पारदर्शिता अभिबृद्धि र प्रभावकारी सेवा प्रवाह गर्नमा सहयोग पुग्ने उद्देश्यले गाउँपालिकाको सुशासन निति तयार गरेको छ ।


सुशासन ऐन २०६४ र सुशासन प्रबद्र्धन रणनिति तथा कार्ययोजना २०७४ अनुसार उक्त निति तयार गरिएको हो ।
संस्थाको प्राविधिक सहयोगमा गाउँपालिकाले तयार गरेको नितिलाई समुदायस्तरमा नागरिकहरुको सहभागितामा छलफल गरि कार्यान्वयन गर्नका लागि कार्यपालिकाको बैठकबाट पारित गरिएको उपाध्यक्ष दिपा गौतमले बताउनुभयो ।
उपाध्यक्ष गौतमले पालिकाले गर्ने काममा संस्थाले गरेको प्राविधिक सहयोगप्रति धन्यवाद दिंदै सुशासन नितिलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने प्रतिबद्धता गर्नुभयो । संस्थाले गाउँपालिकाको मानवअधिकार निर्देशिका पनि तयार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *