Monday, April 13सत्यम खबर
Shadow

बार्षिक साधारणसभा नेपालगन्जमा सम्पन्न

नेपालगन्ज, १ फागुन – नेपाल जडीबुटी ब्यावसायी संघ ( जबान ) को बार्षिक साधारणसभा नेपालगन्जमा सम्पन्न भएको छ ।
शनिबार संघको २१ तथा २२ औं बार्षिक
साधारणसभा नेपालगन्जमा सम्पन्न भएको हो ।

संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा प्रदेशसभा सदस्य भुवानेश्वर चौधरी रहनु भएको थियो । कोभिड–१९ का कारण गतबर्ष साधारण सभा हुन सकेकोले यसबर्ष दुबै बर्षको साधारणसभा एकैसाथ गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा संघका सदस्य रहेका बिभिन्न जिल्लाका अध्यक्ष एवँ प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिमा चौधरीले जडीबुटी क्षेत्रको बिकासमा प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताउनुभयो ।

उहाँले कोभिडको कारणले अन्य क्षेत्रसंगै जडीबुटी ब्यवसायपनि मारमा परेको चौधरीको भनाई छ । उहाँले प्रदेश सभाको बैठकमा आफुले त्यसबाट उत्पन्न समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

जडीबुटी क्षेत्रलाई प्रदेश तथा संघिय सरकारले उचित प्राथमिकता दिन नसकेको बताउदै संघका अध्यक्ष अन्सारीले जसका कारण जडीबुटी ब्यवसाय मर्कामा परेको उल्लेख गर्नुभयो । अध्यक्ष अन्सारीले जडीबुटी क्षेत्रको बिकास र सम्बद्र्धन गर्नका लागि अहिलेको सरकारी निती पर्याप्त नभएको भन्दै त्यसलाई समयानुकुल परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा जडीबुटी क्षेत्रको बिकासमा उल्लेखनीय योगदान पु¥याउने जिटिजेड संस्था लगायत १० जना जडीबुटी ब्यावसायीहरुलाई सम्मान समेत गरिएको थियो ।

उदघाटन सत्रपछि भएको बन्द सत्रमा प्रस्तुत गरिएको आर्थिक तथा सांगठनिक प्रतिबेदन लगायतका एजेण्डाहरु सर्बसम्मतले पारित भएको अध्यक्ष अन्सारीले जानकारी दिनुभयो । उहाँले संघको बैठकबाट रिक्त रहेको उपाध्यक्ष पदमा मानबहादुर ओली तथा कोषाध्यक्ष पदमा मोहम्मद यासिन अन्सारी निर्बिरोध चयन गरिएको समेत जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *