Sunday, April 12सत्यम खबर
Shadow

‘हत्य, हिंसा, बलत्कार वर्तमान कम्युनिष्ट केपी ओलीको चमत्कार’– डा. संग्रौला

नेपालगन्ज, २९ माघ – नेपाली काँग्रेस नेतृ तथा केन्द्रिय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख रहेको भन्दै हत्य, हिंसा, बलत्कार वर्तमान कम्युनिष्ट केपी ओलीको चमत्कारको आरोप लगाएकी छन् ।
प्रेस युनियन बाँके शाखा अध्यक्ष अर्जुन ओलीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा केन्द्रिय सदस्य डा. संग्रौलाले उक्त भनाई राख्दै हामी तेस्रो चरणको आन्दोलनमा प्रवेश गरेको बताउनुभयो ।


केन्द्रिय सदस्य डा. संग्रौलाले १६, १७ दिनको अभियान अन्तर्गत बाँके जिल्ला पुगेका छौं, हामीले निर्मला पन्तको बलात्कार र हत्यापछि गृहमन्त्री बादल थापालाई प्रश्न गरेका थियौं, निर्मलाका हत्यारा, सिंह दरवार र बटुवाटारको कुर्सीमा कहाँ छन्, तपाई अपराधीलाई उजागरण गर्नुहोस् । तर हामीले सदन र सडकबाट ध्यानाकर्षण गराउँदा समेत ध्यान नगएकै हुँदा श्रंखलाबद्ध तवरले यस्ता घटनाहरु घटने गरेको बताउनुभयो ।


त्यस लगत्तै फेरी १७ वर्षिय भागरती भट्टको बलात्कारपछि हत्या भएको छ, उनले न्याय पाईरहेकी छैनन्, घटनाले हामीलाई तरंगित बनाएको छ । बैतडीमा भएको निन्दनीय र पासविक घटनाको हाम्रो टोलीद्वारा भत्सर्ना गर्दछौं र बलत्कारी र हत्याका अपराधीलाई कानुनको कठघरामा ल्याई दण्ड सजायको माग गर्दछौं भनी बताउनुभयो ।
केन्द्रिय सदस्य डा. संग्रौलाले अगाडी भन्नुभयो ‘केपी ओली सरकारले प्रतिनिधि सभा विघटन गर्दा गणतन्त्रमाथि प्रहार भएको छ, संविधान माथिको प्रहार भएको छ, अधिनायकवादी कदम हो, लोकतन्त्रमाथि प्रहार हो, त्यसैले नेपाली काँग्रेसले तेस्रो चरणको आन्दोलन यही फागुन ३ गते ७७ जिल्लामा गर्दैछ, यो जागरणको विरोधमा हो, प्रतिगमनका विरुद्धमा हामी विरोध गर्न गईरहेको बताउनुभयो ।


मुलुकमा नेपाली जनताले आफ्नो खुनपसिनाले तिरेको करमा भ्रष्टाचार भएको छ । चाहे सम्झौता गर्दा भ्रष्टाचार होस, चाहे स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार होस्, चाहे ७० करोड होस्, चाहे मेलम्ची खानेपानी होस् हामी यसको विरोध पनि संगसंगै लैजाने प्रतिबद्धता दोहो¥याउनुभयो ।
नेपाल प्रेस यूनियन बाँके अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा आयोजित पत्रकार भेटघाटमा नेपाली काँग्रेस बाँके सभापति किरण कोइराला, नेपाल महिला संघ कोषाध्यक्ष जानुका सिंह, लुम्बिनी प्रदेश सचेतक निर्मला क्षेत्री, महाधिवेशन प्रतिनिधि शोभा चेम्जोङ पलागुङवा, गिर्जा न्यौपाने, गोमा रावत, नारायणी रुपाखेती, पत्रकार महासंघ बाँके उपाध्यक्ष रुपा गहतराज, अवधी पत्रकार संघ बाँके अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीलगायत नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सचिव विजय मल्लले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *