Friday, November 22सत्यम खबर
Shadow

कुष्ठरोग सुन्य समाज निर्माण गर्ने अभियान सञ्चालन गर्नु पर्नेमा सरोकारवालाहरुको जोड

नेपालगन्ज, १९ माघ – पुनस्र्थापना तथा सशक्तिकरण तथा बिकास नेपाल अर्थात रिड नेपालले ६८ औं विश्व कुष्ठ रोग दिवसमा आयोजित सचेतना मूलक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी आईतबार मनाएको छ । बुढानिलकष्ठ नगरपालिका बडा नं १२ खरिबोटमा रहेको संस्थाको कार्यालय मै कार्यक्रम गरि मनाएको हो ।
कार्यक्रममा बु.न.पा १२ का बडा अध्यक्ष शम्बु भट्टराईले कुष्ठरोगका बिरामी तथा प्रभावितहरु प्रति सामाजिक भेदभावलाई सुन्य बनाउन स्थानीय सरकार लागि पर्ने बताए । उनले गुणस्तरीय उपचार सेवाको निरन्तरता दिन रोगको संक्रमणलाई घटाई कुष्ठरोग सुन्य समाज निर्माण गर्ने खालका कार्यक्रम सञ्चालनमा जोड दिए ।


उनले कुष्ठ प्रभावितलाई समाजमा पुनस्र्थापना गर्नको लागि उनीहरुलाई सिप मुलक तालिम दिनुपर्ने र त्यसमा बडाले सहयोग गर्ने प्रतिबद्धता ब्यत्त गरे । कोरना महामरीमा हाम्रो समयमता समय मै कुष्ठ रोगको ब्यवस्थापनमा सक्रियता भन्ने नाराका साथ मनाईएको कार्यक्रममा बुढानिलकष्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले सबै नगररगाउँपालिकाहरुमा कुष्ठरोग निवारण गर्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले कुष्ठरोग प्रतिको भ्रम र डरलाई हटाउन परिवार र समुदायमा रोगको बारेमा सहि जानकारी दिने तथा प्रचार प्रसार गर्न पर्नेमा जोड दिए ।


कार्यक्रममा कुष्ठरोग निवारण महाशाखाका डा.उत्तम घिमिरेले कुष्ठरोगको बिरामीलाई नियमित उपचार गर्न सल्लाह दिने र उपचारको उपलब्धता बारेमा जानकारी गराउने, कुष्ठरोगको शंका लागेका बिरामीलाई स्वास्थ्य संस्थामा पठाई रोग निदान र उपचारमा सहयोग पुर्याउने कार्यमा सबैले सहयोग गर्नु पर्नेमा जोड दिए । उनले कुष्ठरोगका बिरामी र प्रभावितलाई आ–आफ्नो परिवार र समुदायमा भेदभाव हुन नदिन रोग बारेमा सत्य तथ्य जानकारी दिने कार्यमा सामाजिक संघ संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए
कार्यक्रममा एन एल आर.का कन्ट्री डाइरेक्टर हिमाल सिग्देलले कुष्ठ प्रभावितहरुलाई समुदायमा आधारित पुर्नस्थापना गर्ने कार्यमा आफुहरु रिड नेपालको साथमा रहेको बताए । सो अवसरमा लब्ली एन्जल स्कुलका प्रधानाध्यापक भीमबहादुर शाही, बुढालिनकष्ठ नगरपालिका महिला बिभागकी अधिकृत रोशनी श्रेष्ठ, बौदिक अपांङ संघका अध्यक्ष बिष्णुप्रसाद पौडेल समाजसेबी रबि पौडेल लगायतले बोलेका थिए ।


संस्थाका अध्यक्ष बासुदेव यादवको अध्यक्षतामा भएको कार्यक्रममा कुष्ठ प्रभाबितहरुको क्षेत्रमा काम गरेको भन्दै लाईन्स कल्बका राजेशकुमार श्रेष्ठ र कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । रिड नेपालका अध्यक्ष बासुदेव यादवले संस्थाले अहिले १० जना भन्दा बढीलाई आश्रय दिएर संस्थामा राखेको जानकारी दिए । उनले संस्थाले उनीहरुको सशक्तिकरण र पुनस्र्थापनाको लागि शिपमुलक तालिमहरु पनि सञ्चालन गर्ने गरेको बताए ।
१९४५ देखि मनाउन सुरु गरिएको यो दिवस हरेक जनवरी महिनाको अन्तिम आईतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिएको छ । यो रोगको उपचार विश्व स्वास्थ्य सङ्गठनद्वारा निःशुल्क प्रदान गरिएको छ ।
स्वास्थ्यको समस्याका रूपमा छैन भनेर एक दशकअघि नै घोषणा गरिए पनि १७ जिल्लाबाट अझै यो रोग हट्न सकेको छैन् । उदयपुर, रुपन्देही, महोत्तरी, बर्दिया, रौतहट, मोरङ, नवलपरासी पश्चिम, सिरहा, कपिलवस्तु, अछाम, कैलाली, झापा, सर्लाही, पर्सा, बाँके, बारा र धनुषामा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *