Friday, November 22सत्यम खबर
Shadow

फोटो फेस्टिवल फागुन ७ र ८ गते

नेपालगन्ज, १७ माघ – नेपालगन्ज फोटो फेस्टिवल आगामी फागुन ७ र ८ गते नेपालगन्जमा आयोजना गरिने भएको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हुन लागेको यस फेस्टिवलमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा संचारकर्मी र सर्वसाधारणले खिचेका फोटोहरु समावेश गरिनेछ ।
पछिल्लो २ वर्ष यता खिचिएको फोटोहरु इमेल (लभउबनिगलवउजयतय२नmबष्।िअयm) मार्फत फेस्टिवलका लागि पठाउन सकिनेछ । ५ वटा विधामा खुला प्रतिस्पर्धा हुनेछ । हरेक विधामा उत्कृष्ट एउटा फोटो पुरस्कृत हुने छ । सबै विधाबाट सर्वोत्कृष्ट फोटोलाई वर्ष फोटो उपाधि सहित पुरस्कृत गरिनेछ ।


समाचार र दैनिक जीवन, संस्कृति र पर्यटन, वन्यजन्तु र प्रकृति, खेलकुद तथा नेपाल स्माइल (जस अन्तर्गत खुसी, उत्साह र उमंग झल्किने फोटो) गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ ।
फोटो कथा विधामा भने प्रतिस्पर्धा हुने छैन । यस विधामा कम्तीमा ५ देखी १२ वटा सम्म फोटो पठाउनु पर्नेछ ।
‘पछिल्लो समय, फेसबुक, इन्स्टाग्राम जस्ता सोशल मिडिया र स्मार्ट फोनका कारण पनि फोटोग्राफी क्रेज बढदै गएकोले सर्वसाधारणलाई पनि फेस्टिवलमा सहभागी गराउन लागिएको हो’– आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने, ‘इच्छुकले माघ मसान्त भित्र फोटो पठाइ सक्नु पर्नेछ ।’
प्रतिस्पर्धामा छनोट भएका १ सय ५० बढी फोटोहरु प्रदर्शनीमा राखिनेछ । फेस्टिवलका अवसरमा ३५ जना सहभागीका लागि २ दिने फोटोग्राफी कार्यशाला आयोजना गरिनेछ । राजधानी काठमाडौंबाट आउने वरिष्ठ फोटो पत्रकारहरुले उक्त कार्यशालामा सहजीकरण गर्नेछन् ।
यसैगरी फेस्टिवलकै अवसरमा प्रतिस्पर्धामा छनोट भएका फोटो खिच्ने फोटोग्राफर र सहभागीवीच उक्त फोटो खिच्दाका रोमाञ्चकारी अनुभव बारेमा अन्तरक्रिया आयोजना गरिनेछ । फेस्टिवलको अवसरमा स्ट्रीट फोटो प्रदर्शनी, मोबाइल फोटो प्रतिस्पर्धा, वेस्ट सेल्फी लगायतका आर्कषणहरु थपिएका छन ।
यस वर्षदेखि नेपालगन्ज बाहिर पनि फोटो प्रदर्शनी यात्रा हुने आयोजक अन्तरालले जनाएको छ । लुम्बिनी प्रदेशमा अर्को एकठाउँमा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको १–१ स्थानमा फोटो प्रदर्शनी यात्रा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *